एसपी रिपोर्टर
जनकपुरधाम, असोज १ : जनकपुरधाम सहित देशकै लोकतान्त्रिक इतिहाँसका जानकार प्रेस स्वतंत्रता सेनानी एवं वरिष्ठ पत्रकार राजेश्वर नेपालीलाई पत्नी शोक परेको छ । विभिन्न रोगको विरामी उनकी धर्मपत्नी ७० वर्षिय सरस्वती देवी साहको असामयिक निधनले वरिष्ठ पत्रकार नेपाली परिवारको परिवार शोकमा डुबेको छ । उनको गत राती नै निधन भएको बताइएको छ ।
स्व. साह वरिष्ठ पत्रकार नेपालीकी धर्मपत्नीका साथै जनकपुरधाम बाट प्रकाशित हुने दैनिक विश्व जागरणका सम्पादक राघवेन्द्र साहकी आमा, वरिष्ठ पत्रकार कलम साहकी काकी तथा नेपाल टेलिभिजन जनकपुरधामको संवाददाता श्री नारायण साहकी सासु आमा हुनुहुन्छ । लोकत्रन्तको संर्घषमा पाइला पाइलामा सघाएकी अर्धाङ्गनी गुमाएका वरिष्ठ पत्रकार नेपाली शोकमा डुबेका छन् । आमा, काकी र सासुआमा गुमाएपछि पत्रकारिता पेशामा दशकौं देखि आवद्व नेपालीको सम्पुर्ण परिवार सहित पत्रकारिता जगत नै सतब्ध भएको छ ।
काकीको निधनले दैनिक विश्व जागरणका सम्पादक भाई राघवेन्द्रको भावि योजना माथि बज्रपात परेको जस्तै भएको छ, पत्रकार कमल साहले भने, ‘नेपाली परिवारद्वारा निर्माणाधीन रविन्द्र साह मेमोरियल अस्पतालको समुदघाटन काका काकीकै करकमलवाट गराउने इच्छा थियो ।’ वरिष्ठ पत्रकार नेपाली तथा स्व. साहकै अर्का सन्तान होनहार पत्रकार रविन्द्र साहको निधन भइसकेको छ । स्व. साहको एक छोरा, तिन छोरी र तिन नाती/नातिनी छन् ।
पत्रकारितामा दशकौं दशकको योगदान रहेको परिवारमा भएको अकल्पनीय क्षतीप्रति शोक व्यक्त गर्दै एसपी खवर डटकम परिवार स्व. साह प्रति भावपुर्ण श्रद्धाञ्जली अर्पण गर्दै मृत आत्माको चिर शान्तिको कामना र शोकाकुल परिवारजनमा धैर्यधारणको लागि शक्ति प्रदान गरुन भन्ने जगत जननी माता जानकीसंग प्राथना गर्दै शोकाकुल परिवारजनमा हार्दिक समवेदना समेत प्रकट गर्दछ ।