एसपी रिपोर्टर
जनकपुरधाम, भदौ २४ : नेपालको प्रथम जननिर्वाचित प्रधानमन्त्री वीपी कोइरालाको आज १०७ औं जन्म जयन्ती विभिन्न कार्यक्रम गरि मनाइएपनि कोरोना महामारीका कारण प्रभावित भएको छ । यद्यपि कांग्रेसजनहरु सुरक्षा सर्तकताका साथ घर कार्यालय भित्र पनि कोइरालालाई स्मरण गर्दै उनको जन्म जयन्ती मनाइरहेका छन् ।
कोरोना भाइरसको संक्रमणका कारण औपचारिक कार्यक्रम प्रभावित बनेको छ । यद्दपी नेपाली काँग्रेसले विभिन्न जिल्लामा जन्म जयन्ती मनाएको छ । जनकपुरमा वीपी विचार राष्ट्रिय समाज धनुषाका सभापति सुरेश कोइरलाको सभापतित्व एवम् पुर्व साँसद चन्द्रमोहन यादवको विशेष आतिथ्यमा माल्यार्पण तथा मौन धारण कार्यक्रम गर्नुका साथै कोइरालाले देश, जनता र पार्टीका लागि पुरयाउनु भएको योगदानको चर्चा परिचर्चा गरिएको छ ।
कार्यक्रममा समाजका केन्द्रीय सदस्य तथा जनकपुरधामका पूर्व मेयर बजरंग प्रसाद साह, प्रदेश प्रमुख चुन्निरन यादब, धिरेन्द्र मोहन झा, प्रमेश्वर साह, जीत बहादुर राउत, ज्ञानेश्वर मण्डल, रामविलास धन्कर, उमेश ठाकुर लगायत नेता कार्यकर्ताको उपस्थिति थियो । कार्यक्रममा वक्ताहरुले वीपीको राष्ट्रिय र अन्तराष्ट्रिय योगदानको विषयमा पनि चर्चा गरेका थिए ।