FOLLOW US
SP khabar
  • गृहपृष्ठ
  • राजनीति
  • मधेश प्रदेश
  • राष्ट्रिय
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • आर्थिक
  • अन्य
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • एसपी खबर तस्वीर
SP TV
  • गृहपृष्ठ
  • राजनीति
  • मधेश प्रदेश
  • राष्ट्रिय
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • आर्थिक
  • अन्य
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • एसपी खबर तस्वीर
SP TV
No Result
View All Result


कठोर ब्रत बस्ने महान पर्व जितिया सुरु, किन गरिन्छ कठोर व्रत ?, को हुन जिमूतवाहन ?

जितिया पाविन बड भारी, धिया पुताके ठोकि सुतौलन्हि अपने खैलैन भरि थारी


कठोर ब्रत बस्ने महान पर्व जितिया सुरु, किन गरिन्छ कठोर व्रत ?, को हुन जिमूतवाहन ?

एसपी रिपोर्टर
जनकपुरधाम, भदौ २४ :
तराई मधेस लगायत मिथिलाञ्चलमा आजदेखि जितिया पर्व विधिवत रुपमा सूरु भएको छ । तराई मधेस सहित मिथिलाञ्चलमै बुधबार आमाहरुले नहाय खाय गर्दै माछ मरुवा (माछा र कोदोको रोटी) समेत खाएकी छन् । एकदमै कठोर भारी पर्वको रुपमा प्रसिद्ध जितिया व्रत बस्नु अघि प्रथम दिन महिलाहरुले घिरौलाको पातमा भगवान् जितमाहन र दिंवगत पितृलाई प्रसाद चढाइ चिउरा दही र अमोट (पाकेको आँपको रसबाट तयार हुने खाद्य पदार्थ) खाएर पर्वको सुरुवात गर्दछ ।

जनकपुरधाम सहित ग्रामिण भेकमा समेत सोमबार सयौँ व्रतालु महिलाहरुले नजिकको तलाउ, पोखरी वा नदिमा स्नान गरेर जिमूतमाहनको कथा सुन्ने परम्परा रहिआएको छ । व्रत बस्नु अघिल्लो दिनमै व्रतालुले विभिन्न जलाशयमा स्नान गरी घिरौलाको पातमा पिना, सख्खर र तोरीको तेल चढाउने प्रचलन रहिआएको छ । देवतालाई चढाएकै तेल मध्येबाट आ–आफ्ना शाखा सन्तानलाई टाउकोमा दल्ने परम्परा छ ।

भोली (विहिबार) विहान ४ बजे नै उठेर व्रतालु महिलाहरुले घिरौलाको पातमा दही च्यूरा र सक्कर चढाउँदै आफ्ना सन्तानलाई खुवाउने प्रचलन रहिआएको छ । यदपि यस वर्ष बुधवार राती १० बजे नै सो विधी गरिने छ । व्रतको पहिलो दिन पूजापछि कोदोको रोटी, नुनीको साग र माछा खाने चलन छ । जितिया पूजन विधिअनुसार बिहान काग कराउनु भन्दा पहिल्यै व्रत बसेकी महिलाले अँगुठन सम्पन्न गर्नुपर्छ अर्थात् केही खानेकुरा ओठमा लगाउनुपर्छ ।

सन्तानको दीर्घ जीवन, पुत्र प्राप्ति तथा पारिवारिक सुख शान्तिका लागि मनाइने जितिया पर्वको धार्मिक सांस्कृतिक तथा तान्त्रिक महत्व समेत रहेको साँस्कृति विद्वहरुको कथन छ । ब्रतालुहरू व्रत प्रारम्भ गर्नुभन्दा पहिले सबेरै सूर्य उदाउनु भन्दा अघि नै पितृलाई झिमनीको पातमा दही, च्युरा लगायतका सामग्री चढाएर आफै पनि ग्रहण गरी पानी खाने चलन रहेको छ,जसलाई अँगुठन भनिन्छ। अँगुठन घरको अन्य सदस्यहरू समेत अगुँठन गर्ने गर्दछ ।

जितिया पर्वमा आश्विन कृष्ण सप्तमी तिथिका दिन वर्तालु स्नान गरी चोखो हुने र अष्टमी तिथिको आरम्भसँगै उपवास शुरु हुन्छ । नवमी तिथिको आगमन भएपछि पूजापाठ गरेर जितिया पर्वको समापन हुन्छ । सप्तमी तिथिको उत्तरार्धमा वर्तालु महिला ओङ्गठन गर्ने गरिन्छ । वर्त बस्नुअघि रात्रिको समयमा दही, च्यूरा, मिठाइलगायतका सामग्री भोजनको रुपमा ग्रहण गरिन्छ । त्यसलाई ‘ओङ्गठन’ भनिएको हो । ओङ्गठनको समयमा परिवारका सम्पूर्ण सदस्यले भोजन गर्ने चलन पनि रहेको छ ।

तिथिको समयमा हेरफेर भएको अवस्थामा वर्तालुलाई ३६ घण्टासम्म उपवासमा बस्नुपर्ने हुन्छ । उपवासको अवधिमा थुक पनि निल्न नहुने मान्यता छ । तर, यसपल्ट उपवासको अवधि सोमबार बिहान ३ बजेदेखि शुरु भई बुधबार बिहान ८ बजेसम्म अर्थात करीब २९ घण्टा रहेको छ । सप्तमी तिथिमा जलाशयमा स्नान गरी सूर्यदेवलाई जल अर्पन गरेर पर्वको सङ्कल्प लिने गरिन्छ र सोही दिन वर्तालु महिलाले कोदोको रोटी र माछा खाने गरिन्छ, भने विधवाले अरुवा–अरुवाइन खाने गर्छन् । यसअघि, वर्तालुले नजिकैको पोखरीमा स्नान गरी घिरौंलाको पातमा पीना र तेल राखेर जिमुतवाहन देउतालाई अर्पन गर्छन् । यसका साथै पर्वको सङ्कल्प पनि गर्छन् । पितृ पक्षमा यो पर्व मनाइने गरिएकाले मैथिल ब्राह्मणी वर्तालुले आ–आफ्ना दिवङ्गत सासू र आमाको मोक्षका लागि सप्तमी तिथिमै अन्य गोत्रकी ब्राह्मणीलाई निम्तो दिएर अनिवार्य रुपमा भोजन गराउने नियम छ । भोजन गर्ने महिलालाई ‘पितराइन’ भन्ने गरिन्छ । बुधवार राती देखि शुक्रवार विहान ७ बजे सम्म कठोर ब्रत बसि पारण बिधी भएपछि जितिया समापन हुने छ ।

किन गरिन्छ कठोर व्रत ?

सन्तानलाई अकाल मृत्युबाट जोगाउन र दीघार्युका लागि माता जिर्मूतवाहन देउताको कठोर उपवास गर्ने गरिएको हो । यस सम्बन्धमा भविष्य पुराणमा अराध्यदेव महादेवसमक्ष पार्वतीले यस्तो कुन वर्त वा तपस्या गर्दा सन्तानको अकाल मृत्यु हुदैन् भनि राख्नुभएको जिज्ञासामा महादेवले जिर्मूतवाहनको नियम निष्ठाका साथ वर्त बसेको खण्डमा सन्तानको अकाल मृत्यु नहुने भनी बताए ।

यसका लागि कुशको जिर्मूतवाहनको मूर्ति बनाएर कलशमा स्थापना गर्नुपर्छ । त्यसपछि, आफ्नै आगनमा सानो पोखरीको आकृति निर्माण गरेर सोको डिलमा पाकरी रुखको हाँगा गाडेर सो हाँगामा चिल र स्यालनीको आकृति बनाएर विधिपूर्वक पूजा गरेको खण्डमा सन्तानको बिग्रेको ग्रहगोचर निको हुने र अकाल मृत्युबाट जोगिने भनेर महादेवले पार्वतीलाई सुनाए ।

को हुन जिमूतवाहन ?

भविष्यपुराणमा उल्लेख गरिएअनुसार राजा शालिवानका पुत्र जिमूतवाहनमाथि महादेवको असिम कृपा थियो । महादेवले नै जिर्मूतवाहनलाई बरदान दिएकाले सन्तानको अकाल मृत्युबाट बचाउनका लागि जितिया पर्वमा जिर्मूतवाहनको पूजा गरिन्छ । हिन्दूधर्ममा विभिन्न जनाबर र चराको विशेष महत्व दिएर पूजापाठ गर्ने परम्परा छ । गाई, परेवा, काग, कुकुर, हाँस, बाघ र मुसो लगायतको पूजा गरिन्छ भने यस पर्वमा स्यालनी र चिलको पूजा गर्ने गरिएको हो ।

वर्त बसेको दिनमा वर्तालु महिला जलाशयमा स्नान गरी सूर्यदेवलाई अघ्र्य अर्पन गर्छन् । त्यसपछि, घर पुगेर डाली ९टोकरी० भर्ने नियम रहेको छ । सो डालीमा फलपूmल, मिठाइ र नरिवल राखेर नयाँ बस्त्रले छोपेर पूजास्थलमा राख्ने गरिन्छ । पर्व सम्पन्न भएपछि नवमी तिथिमा पूजापाठ गरेर छोराछोरीबाट कपडा हटाएर प्रसादको रुपमा ग्रहण गरिन्छ । उपवासको दिन वर्तालुका साथै महिला एक ठाउँमा भेला भएर जितिया पर्वको कथा अनिवार्य रुपमा श्रवण गर्ने गरिन्छ । कथा श्रवण गरेर घर फर्केपछि आगनमा गाईको गोबरले लिपपोत गरी महादेवले पार्वतीलाई सुनाएको पूजाको विधिअनुरुप जिर्मूतवाहनको पूजा गर्छन् ।

जितिया पर्वको कथा

भविष्यपुराणमा वर्णन गरिएअनुसार, कनकावती नगरको मध्यभागस्थित नर्मदा नदीको डिलमा एक पाकरीको रुख थियो । सो रुखको फेदमा स्यालनी र हाँगामा चिल बस्थे । दुइटैकोबीच घनिष्ट मित्रता थियो । एक दिन जितिया पर्व मनाउने वर्तालु नर्मदा नदीमा स्नान गरी सोही रुखमुनि बसेर जितिया पर्वको कथावाचन गरेका थिए ।

पर्वको महत्वको सम्बन्धमा सुनेर स्यालनी र चीलले जितिया पर्व मनाउनका लागि उपवासमा बस्ने निर्णय गरे । सोही रात नर्मदा नदीको डिलमा एक व्यापारीको छोराको दाहसंस्कार गरियो । मृतकको आफन्त शवको अधिकांश भाग जलेपछि, घर फर्के । स्यालनीलाई मृतकको मासु खाने इच्छा भयो । चीललाई थाहै नदिइ स्यालनीले मासु खाए र केही लुकाएर पनि राखे । यी घटना चीलले हेरिरहेको थियो । स्यालनी र चीलको मृत्यु भएपछि दुबैको भाष्कर नामक ब्राह्मणको घरमा कन्याको रुपमा जन्म भयो । चिलको शीलावती र स्यालनीको कर्पुरावतीको रुपमा जन्मभयो ।

जेठी शीलावतीको धनवानको घरमा र कर्पुरावतीको राजपरिवारमा विवाह भयो । जेठी शीलावतीलाई सात छोरा भयो तर, कान्छी कर्पुरावतीलाई छोरा भए पनि क्रमिक रुपमा मृत्युवरण गर्दै गयो । सोही कारणले कर्पुरावतीको जेठी शीलावतीसँग सम्बन्ध चिसिँदै गयो । केही समयपछि, जेठी शीलावतीले पूर्वजन्मको घटना कर्पुरावतीलाई सुनाउँदै वर्त भङ्ग गरेको कारणले छोरा जीवित नरहेको जानकारी गराइन् । सोही कारणले यो पर्व मनाउने बाचुञ्जेलसम्म पर्व खण्डित नहुने गरी नियमनिष्ठाका साथ मनाउने गर्छन् ।



फेसबुकबाट तपाईको प्रतिक्रिया !

SP KHABAR

SP KHABAR

एसपी खवर मधेश प्रदेशबाट सम्प्रेशन हुने देशकै लोकप्रिय अनलाईन पत्रिका हुन ।

सम्बन्धित समाचार

लोसपा युवा नेता महासेठद्वारा केन्द्रिय महासचिव पद अस्वीकार
एस.पी. खबर विशेष

लोसपा युवा नेता महासेठद्वारा केन्द्रिय महासचिव पद अस्वीकार

15 hours ago
संघियता बचाई दिन मुख्यमन्त्रीले गुहारे राष्ट्रपति, राष्ट्रपतिको जवाफ मुख्य तिन नेतालाई भन्छु
आर्थिक

महेन्द्र नारायण निधि मिथिला संस्कृति केन्द्रको समुद्घाटन हुँदा चौतर्फी उत्साह

15 hours ago
संघियता बचाई दिन मुख्यमन्त्रीले गुहारे राष्ट्रपति, राष्ट्रपतिको जवाफ मुख्य तिन नेतालाई भन्छु
एस.पी. खबर विशेष

संघियता बचाई दिन मुख्यमन्त्रीले गुहारे राष्ट्रपति, राष्ट्रपतिको जवाफ मुख्य तिन नेतालाई भन्छु

16 hours ago
जनकपुरधाममा राष्ट्रपति पौडेल, एयरपोर्ट देखि जानकी मन्दिर सम्मको तस्वीर खवर
एस.पी. खबर विशेष

जनकपुरधाममा राष्ट्रपति पौडेल, एयरपोर्ट देखि जानकी मन्दिर सम्मको तस्वीर खवर

22 hours ago
साँझा प्रकाशन जनकपुरधामद्वारा विशेष पुस्तक प्रदर्शनी–२०८० को आयोजन
एस.पी. खबर विशेष

साँझा प्रकाशन जनकपुरधामद्वारा विशेष पुस्तक प्रदर्शनी–२०८० को आयोजन

1 day ago
मेका ईन्जिनियरिङ्ग समाजद्वारा मन्त्री साह सम्मानित
मधेश प्रदेश

मेका ईन्जिनियरिङ्ग समाजद्वारा मन्त्री साह सम्मानित

2 days ago
जनकपुरधाममा अव सुविधा सम्पन्न भब्य सभाहल, भोली राष्ट्रपतिबाट समुदघाट्न हुने
आर्थिक

जनकपुरधाममा अव सुविधा सम्पन्न भब्य सभाहल, भोली राष्ट्रपतिबाट समुदघाट्न हुने

2 days ago
नेपाल ईन्जिनियर्स एशोसिएसन मधेश समितिको आफनै भवन बनाउन पक्रिया सुरु
एस.पी. खबर विशेष

नेपाल ईन्जिनियर्स एशोसिएसन मधेश समितिको आफनै भवन बनाउन पक्रिया सुरु

2 days ago
राम युवा कमिटीद्वारा बौद्धी माता र अन्नपूर्णा अमरखाना माता पूजाका लागि उपसमिति चयन
अन्य

राम युवा कमिटीद्वारा बौद्धी माता र अन्नपूर्णा अमरखाना माता पूजाका लागि उपसमिति चयन

2 days ago
व्याहुत सुडी समाज मेमोरियल ट्रष्ट झटियाहीद्वारा परोपकारी काम
मधेश प्रदेश

व्याहुत सुडी समाज मेमोरियल ट्रष्ट झटियाहीद्वारा परोपकारी काम

2 days ago

ताजा समाचार

लोसपा युवा नेता महासेठद्वारा केन्द्रिय महासचिव पद अस्वीकार

महेन्द्र नारायण निधि मिथिला संस्कृति केन्द्रको समुद्घाटन हुँदा चौतर्फी उत्साह

संघियता बचाई दिन मुख्यमन्त्रीले गुहारे राष्ट्रपति, राष्ट्रपतिको जवाफ मुख्य तिन नेतालाई भन्छु

जनकपुरधाममा राष्ट्रपति पौडेल, एयरपोर्ट देखि जानकी मन्दिर सम्मको तस्वीर खवर

साँझा प्रकाशन जनकपुरधामद्वारा विशेष पुस्तक प्रदर्शनी–२०८० को आयोजन

मेका ईन्जिनियरिङ्ग समाजद्वारा मन्त्री साह सम्मानित

जनकपुरधाममा अव सुविधा सम्पन्न भब्य सभाहल, भोली राष्ट्रपतिबाट समुदघाट्न हुने


स्पेशल मिडिया नेपाल प्रा.लि.
जनकपुरधाम, मधेश प्रदेश
9844126588
 [email protected]
सूचना विभाग दर्ता नं: ३१५०-२०७८/७९

प्रधान सम्पादक/सञ्चालक
पुरन साह
सम्पादक
दिपेन्द्र कुमार साह
संवाददाता
संजय कुमार साह
चाँदनी झा
पुष्पा यादव

Facebook Twitter Youtube Pinterest

© 2020 SP KHABAR || Powered By ProTech Media || Privacy Policy

No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • मधेश प्रदेश
  • राष्ट्रिय
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • आर्थिक
  • अन्य
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • एसपी खबर तस्वीर

© 2020 SP KHABAR || Powered By ProTech Media || Privacy Policy