एसपी रिपोर्टर
जनकपुरधाम, भदौ २३ : अबैध रुपमा भारत तर्फ लैजाँदै गरेको तिनवटा गाई सहित दुईजना तस्करहरुलाई स्थानियले नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएको छ । आज विहान छ बजे जनकपुरधाम उपमहानगरपालिका वडा नं. २३ बिन्धीवाट स्थानिय युवाहरुकै सक्रियतामा दुईवटा मोटरसाइकलमा सवार दुईजना तस्कर र तिनवटा गाईहरुलाई नियन्त्रणमा लिएर युवाहरुले जनकपुरधामको जिरोमाईल स्थित प्रहरी चौकीमा बुझाएको छ ।
पक्राउ पर्नेमा धनुषा नगराईन नगरपालिका वडा नं. ६ लगमाका कुरवान शाह र महोतरी भंगहा नगरपालिका वडा नं. ८ पडरियाका इलियास शेख रहेका छन् । एता विश्व हिन्दु परिषद नेपालले एक विज्ञप्ती जारी गर्दै तस्करहरु माथी कडा कारवाहीको मांग गरेको छ । गाई नेपालको राष्ट्रिय जनावर मात्र नभई आमा सरह पुज्यनिय बहुसंख्यक सनातन हिन्दुहरुको आस्था एवं अन्तर आत्मासंग समेत जोडिएको हुनाले गाई तस्करी सहय नहुने चेतावनी परिषदको छ ।
गाईको धार्मिक तथा बैज्ञानिक महत्व समेत रहेको र नेपालको संविधानमा समेत गौ हत्या पुर्ण बर्जित रहेको अवस्थामा दिनानुदिन गौ हत्या हुनु खेदजनक रहेको परिषद धनुषाका अध्यक्ष संतोष साह र सचिव अमन प्रसाद गुप्ताद्वारा जारी विज्ञप्तीमा उल्लेख छ । घटनास्थल परिषदका पदाधिकारीहरु समेत पुगेका थिए । तस्कर, मोटरसाइक र गाई सवैलाई आवयश्क कारवाहीका लागि भन्सार कार्यालयको जिम्मा लगाइएको छ ।
यस्तो छ परिषदको विज्ञप्ती