एसपी रिपोर्टर
जनकपुरधाम, भदौ २१ : भोली सोमवार देखि जनकपुरधामको बजार विहान देखि २ बजे सम्म खोल्न सकिने सहमती भएको छ । आज जनकपुरधामका उद्योगी व्यापारीहरुले आफना समस्या र पिडाहरुको विषयमा प्रदेश २ सरकार र स्थानिय प्रशासनलाई ध्यानाकर्षण गराएपछि सो सन्दर्भमा भएको निर्णयमा विहान देखि २ बजे सम्म बजार पसल खोल्न दिनेमा स्थानिय प्रशासन सहमती दिएको छ ।
जनकपुरधाम उद्योग बाणिज्य संघका महासचिव जितेन्द्र महासेठद्वारा जारी विज्ञप्तीमा पसले र ग्राहक दुवै पक्ष आवयश्क सवै सुरक्षा समाग्रीको प्रयोग र सर्तकता अपनाई दिउँसो २ बजे सम्म पसल चलाउन पाउने सहमती जुटेको उल्लेख छ । विहान देखि ४ बजे सम्म पसल खोल्न पाउनुपर्ने सहितका मांगहरु सहित संघका अध्यक्ष ललित कुमार साहको नेतृत्वको पदाधिकारीहरु सहित व्यापारीहरुको टोलीले आज मुख्यमन्त्री लालबाबु राउत र प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद भट्टराईलाई भेटेर ज्ञापनपत्र बुझाएका थिए ।
एता धनुषा प्रशासनले धनुषामा थप एक सप्ताह सम्म निषेधाज्ञा थप्ने निर्णय समेत गरेको छ ।