एसपी रिपोर्टर
जनकपुरधाम, भदौ २० : कोरोना महामारीवाट प्रभावित, पिडित र संक्रमणले समेत समस्या परेकाहरुका लागि गठन भएको स्कुल अफ डेमोक्रेसिको क्विक रेसपोन्स टिमले उपचार अभावका वेला निशुल्क स्वास्थ्य शिविर चलाएर उपचारको वातावरण बनाइ दिएको छ । कोरोना महमारीका कारण उपचारबाट बन्चित रहेकाहरुका लागि स्कुल अफ डेमोक्रेसी कोभिड १९ क्विक रेस्पोन्स टिमद्वारा आज आयोजित निशुल्क स्वास्थ शिविरमा कुल १ सय ४७ जनाले उपचार गराएको टिमका राकेश विक्रम साहले बताए ।
औषधि, ल्याब, चिकित्सकिय परामर्श सहितको सेवा समेत शिविरमा प्रदान गरिएको थियो । शिविरमा जेनरल मेडिसिन तर्फ डा. शरद यादव, डा. बिपिन यादव, डा. अभिजित साह, दात र मुखरोगका डा. सज्जन ठाकुर, गाइनो डा.मनिषा भारद्वाज, अर्थो डा.कुमार सम्भव, डा अमित रन्जन मिश्रा, साइकेट्रीक डा. रबिन झा, बाल रोग डा.बिकास कु साह, नाक कान घाँटी डा. सन्तोष साह, सर्जन डा. बिजय कु साह, गेस्ट्रो डा. शशी भुसन ठाकुर, फिजियोथेरेपी डा. राजु साह, मे.अ.डा बिनय कु यादव र डा. अनिल कु साह सहितकाले सेवा प्रदान गरेका छन् ।
पारामेडिक घन्श्याम झा राजु, सुमन ठाकुर र दिपक यादव ल्याबका मुकेश सिंह, रुपेस नारायण महतोका साथै सफाइकर्मी महिन्दर मेस्तर सहितको सेवा र सहयोगले शिविर सफल भएको अर्का सदस्य दिपक ठाकुरले बताए । जनकपुरधामको वडा नं. १ स्थित बिपन्नहरुको बस्तीमा स्थानीय स्तरमा देवु यादव, लभ यादव, कुश यादव, रामेश्वर यादव सहितकाको व्यवस्थापनमा शिविर आयोजना गरिएको छ । शिविरको अवलोकन गर्दै टिमका संरक्षक प्रदेश सांसद रामसरोज यादवले समाजको सेवा भएकोमा खुसी व्यक्त गरेका छन् ।
शिविरमा टिमको ब्यबस्थापन समितिका सदस्य मनोज साह, जिबनाथ चौधरी, निर्मल चौधरी, शम्भु साह, राकेश बिक्रम साह, दिपक ठाकुर, अखिल मढी, गुडडु पान्डे, राहुल मिश्रा, पिसी रोय, गोबिन्द चन्दन राय, अविनाश सिंह राजपुत, सत्यम सिंह, सम्झना वर्मा, माया साह, अमित पाठक, बलराम गुप्ता, बलराम साह, आनन्द दास, दिपक गुप्ता, तमन्ना राइन र मो. सरताज सहितको सक्रिय सहभागिता रहेको थियो ।