एसपी रिपोर्टर
जनकपुरधाम, भदौ २० : जनकपुरधाममा गरिब विपन्न र लकडाउन तथा निषेधाज्ञाले प्रभावितहरुको हितमा थप एक अर्को काम सुरु भएको छ । जनकपुरधाम स्थित असहाय संरक्षण मञ्चले जनकचौकमा फुड बैंक सञ्चालन गरेको छ । अभाव भएका र दैनिक दिनचर्या काटन समस्या हुने गरेका घर परिवार र व्यक्तिहरुका लागि सो बैंकले खाद्यान्न उपलब्ध गराउने मञ्चका अध्यक्ष बैद्यनाथ साहले बताए ।
आफुलाई समाजसेवक बताउने साहले नेतृत्व गरेको मञ्चले विगत चैत ११ गते देखि सुरु भएको लकडाउनमा करिव ७५ दिन सम्म अभावमा रहेका बस्ती, घरपरिवार र व्यक्तिहरुलाई राहत उपलब्ध गराउदै आएकोमा अब जनकपुरधामको जनकचौकमा फुड स्टलनै राखेर आवयश्क रहेकाहरुका लागि सहज गरिएको दिएको छ । सुरक्षा सतर्कता र समाजिक दुरी कायम गर्दै खानपानमा समस्या रहेकाहरु आएर त्यहाँवाट खाद्यान्न समाग्री लिएर जान सक्ने उनको भनाई छ ।
चालम, पिठो, दाल, नुन, तेल, स्वायविन सहितका भान्सामा आवयश्क पर्ने सरसमानहरुको स्टल नै लगाएर आवयश्क पर्नेका लागि सजिलो र सहज तरिकाले निशुल्क उपलब्धताको व्यवस्था गरि मञ्चले एक अर्को परोपकारी काम गरेको छ । साहले हुनेहरुसंग सहयोग मागी नहुनेहरुका लागि केहि गर्न पाँउदा आफुलाई खुसी लागेको बताएछन् । यस कार्यमा उनकी धर्मपत्नी पनि सहभागी छिन् । उनले हुनेहरुलाई बैंकमा सहयोग गर्न समेत आग्रह गरेका छन् ।