एसपी रिपोर्टर
जनकपुरधाम, भदौ १९ : परिषदले रौतहटमा हनुमान मन्दिरका पुजारी श्रीराम साहको हत्या र जनकपुरधाममा भएको धार्मिक स्थलहरु रसिक विहारी तेली कुट्टी तथा नुनिया कुट्टीको जग्गा प्रतिको तोडफोड र अतिक्रमण विरुद्व प्रदेश २ का मुख्यमन्त्री सहित मन्त्रीहरुलाई समेत ज्ञापन पत्र बुझाएको छ । प्रदेश २ मा विगत केहि दिनमै बारम्बार हिन्दुहरुको आस्थाको केन्द्रहरु माथी आँच आउने र हिन्दु अभियानीहरुको हत्या हुनुका साथै आक्रमणको घटना निन्दनीय रहेको भन्दै शान्ति सुरक्षाको व्यवस्था मिलाई दोषि उपर कडा कारवाहीको मांग गरेको छ ।
विगतका यस घटनाहरुले सम्पुर्ण हिन्दुहरुको मन मष्तिकसमा चोट पुगेको भन्दै परिषदले हिन्दुहरु आन्दोलनमा उत्रन बाध्य हुने चेतावनी समेत दिएका छन् । परिषदरका धनुषा अध्यक्ष सन्तोष साह र सचिव अमन प्रसाद गुप्ताद्वारा जारी ज्ञापन पत्र मुख्यमन्त्रीका साथ साथै प्रदेश २ का अधिकांश मन्त्रीहरुलाई समेत बुझाइएको छ ।