FOLLOW US
SP khabar
  • गृहपृष्ठ
  • राजनीति
  • मधेश प्रदेश
  • राष्ट्रिय
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • आर्थिक
  • अन्य
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • एसपी खबर तस्वीर
SP TV
  • गृहपृष्ठ
  • राजनीति
  • मधेश प्रदेश
  • राष्ट्रिय
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • आर्थिक
  • अन्य
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • एसपी खबर तस्वीर
SP TV
No Result
View All Result

पुर्व स्वास्थ्य राज्यमन्त्री डा. यादवको प्रस्ताव ‘सवै मिलेर यसो गर्दा कसो होला ?’

पुर्व स्वास्थ्य राज्यमन्त्री डा. यादवको प्रस्ताव ‘सवै मिलेर यसो गर्दा कसो होला ?’

संजीव साह
जनकपुरधाम, भदौ १९ :
संघिय स्वास्थ्य राज्य मन्त्रीको समेत जिम्मेवारी सम्हाली सकेका प्रतिनिधीसभा सांसद बुधवार एक बैठको आहवान गरे । कोरोना कहरमा अग्रपन्तीमा रहि खासमा जनता र समाजको सेवामा काम गरिरहेको विभिन्न संघ संस्था तथा व्यक्तित्वहरुलाई बालाइएको बैठकमा डा. यादवको प्रस्ताव थियो, ‘सवै मिलेर एउटै अभियान चलाँउ र जनतालाई भरोसा हुने आइशोलेसनको सुरुवात गरौं’ । प्रस्ताव सवैका लागि स्वीकार्य भयो र समर्थन योग्य पनि । उनको आशय थियो, ‘कोरोना संक्रमित तथा शंकाष्पदका लागि काम गरिरहेका सवै संघ संस्था एक ठाँउमा आएर एउटा सफा, सुरक्षित, अक्सिजन सहितको आइशोलेसन निर्माण गर्ने ।

प्राइभेट होसपिटल एशोसिएशन, नेपाल चिकित्सक संघ, क्लोथ बैंक, स्कुल अफ डेमोक्रेसीको क्विक रेस्पोन्स टिम, ब्लड फर नेपाल, पारामेडिकल एशोसिएसन, एमआरहरुको अगुवा, असहाय संरक्षण मञ्च, सहित कोरोना कहरमा संक्रमित, प्रभावित र समाज तथा जनताको हितमा काम गर्दै आएकाहरुको प्रतिनिधी सहभागि सो बैठकमा कसरी अगाडि बढदा ठिक होला भन्ने विषयमा गहन छलफल समेत भयो ।

त्यस विषयमा आ–आफनो धारणा राख्ने क्रममा प्राइभेट होस्पिटल एशोसिएसनका अध्यक्ष डा. एसके सिंहले आफुहरु अव निजि अस्पतालमा पनि प्रि आइशोलेसन राखेर ज्वरो, रुघा, खोकी सहितका विरामीको उपचार गर्ने र अव कुनै पनि अस्पतालले त्यस्ता विरामीलाई नफर्काउने बताए । साथै उनले विरामीका लागि एम्बुलेन्स, राम्रो कुरुवाको व्यवस्थान हुनुपर्ने समेत बताए । उनले जनचेतनाको समेत कमी रहेको र सञ्चारकर्मीहरुले समाचार प्रकाशनमा समेत ध्यान दिनु पर्ने बताए । अस्पतालको चिकित्सक, कर्मचारी र नर्श संक्रमित हुने वितिकै उनीहरुको मनोबल बढाउने समाचार आउनु भन्दा अफवाह र डर फैलाउने किशिमको समाचार आउने गरेकाले समेत समस्या भइरहेको उनले बताए ।

संक्रमित भएपछि आफै छोराछोरी र श्रीमती समेत भाग्नु, संक्रमितलाई घरमा बस्न नदिनु, होम आइशोलेसन हुन नदिनु यस्ता समाजिक असहयोगले समेत समस्या भइरहेको भन्दै सहभागीहरु जनचेतना फैलाउने समाचार पनि आउनुपर्ने बताए । नेपाल चिकित्सक संघ धनुषाका अध्यक्ष डा. रामनरेश पण्डित र कोषाध्यक्ष डा. रामज्ञान यादवले धनुषामा समाजिक स्तरमै संक्रमण फैलिएको भएपनि फैलावटको प्रतिशत भने सन्तोषजनक रहेको बताए । उनीहरुले बिरगंजमा सिटी भ्यालु सहितको रिपोर्ट दिन थालेको जस्ले कुन संक्रमित कति खतरनाक पता लाग्ने गरेकाले नै बिरगंजमा हदै सम्मको संक्रमणमा नियन्त्रण हुन सकेको बताए । तर जनकपुरधाममा बिना सिटी भ्यालु त्यसमा पनि परिक्षणमा पनि खुवै झमेला हुने गरेको उनीहरुले बताए ।

अस्पतालमा कोरोना शंकाष्पद विरामी जाँदा उनको पनि परिक्षण र रिपोर्ट छिटो हुन नसक्नुले पनि विरामीहरुको अवस्था नाजुक बन्ने गरेको फ्लोरको भनाई थियो । क्लोथ बैंक धनुषाका उपाध्यक्ष पुरन साहले आफुहरु होम आइशोलेसनमा रहेका विरामीहरुका लागि अक्सिजन, एम्बुलेन्स र चिकित्सकीय परामर्शको व्यवस्थापन अभियानमा निरन्तर रहेकाले आफुहरु आवयश्क हुने सो कुराहरु सहयोग गर्न तयार रहेको बताए । उनले भने, ‘स्तरीय आइशोलेसन सुरु गरौं हामी आवयश्क परेको अक्सिजनका साथै एम्बुलेन्स र चिकित्सकीय सल्लाहको समेत व्यवस्थापन गर्ने छौं ।’

क्वीक रेसपोन्स टिमका प्रतिनिधीहरु मनोज साह, राकेश विक्रम साह, दिपक ठाकुर तथा निर्मल चौधरी सहितकाले आफुहरु दिन रात गरि संक्रमितको आवयश्क सहयोगका लागि तत्पर रहेको भन्दै डा. यादवको प्रस्ताव सकारात्क रहेको र सहयोग गर्ने बताए । उनीहरुले डा. यादवलाई प्रदेश सरकारलाई घचघचाएर फास्ट्रयाकमा काम गर्न लगाउन समेत सुझाव दिए । समाजिक अभियन्ता सरोज रायले समस्या र चुनौतीहरु सुनाउदै एम्बुलेन्स व्यवस्थापनका लागि आफु सक्रिय रहने बताए ।

असहाय संरक्षण मञ्चका अध्यक्ष बैद्यनाथ साहले आफु आइशोलेसनमा आवयश्क पर्ने खाद्यान्न सहित सक्दो सवै सहयोग गर्ने बताए । आफनो विचार राख्ने क्रममा बैठकका आयोजक डा. यादवले कोरोनालाई बुझन आवयश्क रहेको बताए । उनले कोरोनाको नाममा भ्रम र डर फैलाउने काम समेत भएकाले यथार्त बुझेर काम गर्नुपर्ने आवयश्कतामा जोड दिए । डरका कारण पिपिईको अनावश्यक प्रयोग भइरहेको जस्ले देशकै अर्थतन्त्र बर्बाद हुने उनको भनाई थियो ।

आठ जिल्लाको बैठकहरुमा आफु सहभागिता हुँदा प्रदेश सरकार काम गर्न चाहेपनि विभिन्न कारणले काम गर्न नसकिरहेको पाएको उनले बताए । सिटी भ्यालुको आधारमा ताकिएको २४ स्केल भन्दा माथीकालाई होम र तलका लाई एउटा व्यवस्थित आइशोलेसनमा राख्न सके संक्रमण नियन्त्रण गर्न सजिलो हुने उनको तर्क थियो । बैठकवाट हाल सरकारद्वारा सञ्चालित लक्ष्मीनियाँको सपही र नगराइनको गांगुली आइशोलेसनलाई सुधार गर्न सरकारलाई घचघचाउने र नभए आफै सवै संस्था सक्रिय भइ सुधार तर्फ लाग्ने निर्णय समेत गरिएको छ । बैठकका उद्योग बाणिज्य संघ जनकपुरधामका अध्यक्ष ललित कुमार साह, औषधी व्यवसायी संघका पप्पु अग्रवाल, ब्लडफर नेपालका अविनाश सिंह, युवा बलराम गुप्ता सहितको उपस्थिती थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया !

SP KHABAR

SP KHABAR

एसपी खवर मधेश प्रदेशबाट सम्प्रेशन हुने देशकै लोकप्रिय अनलाईन पत्रिका हुन ।

सम्बन्धित समाचार

लेनदेनको पञ्चयतीबाट निस्केर विष सेवन गरि जिल्ला प्रहरी पुगेपछि……
एस.पी. खबर विशेष

लेनदेनको पञ्चयतीबाट निस्केर विष सेवन गरि जिल्ला प्रहरी पुगेपछि……

4 hours ago
प्रधामन्त्री प्रचण्डले पुन: पाए बिश्वासको मत, पक्षमा १७२ विपक्षमा ८९
एस.पी. खबर विशेष

प्रधामन्त्री प्रचण्डले पुन: पाए बिश्वासको मत, पक्षमा १७२ विपक्षमा ८९

6 hours ago
जनकपुरधाम राराबमा सचिव बाहेक नेविसंघको प्यानलै, सभापतीमा मनिस यादव निर्वाचित
एस.पी. खबर विशेष

जनकपुरधाम राराबमा सचिव बाहेक नेविसंघको प्यानलै, सभापतीमा मनिस यादव निर्वाचित

7 hours ago
बारा– २, उपेन्द्र चुनाव लड्दा प्रतिस्पर्धी राजेन्द्र हुन सक्ने हल्ला साँचो हो ?
एस.पी. खबर विशेष

बारा– २, उपेन्द्र चुनाव लड्दा प्रतिस्पर्धी राजेन्द्र हुन सक्ने हल्ला साँचो हो ?

1 day ago
जनकपुरधामको राराबमा २६ सय ६२ मत खस्यो, स्ववियु निर्वाचन शान्तिपुर्ण
एस.पी. खबर विशेष

जनकपुरधामको राराबमा २६ सय ६२ मत खस्यो, स्ववियु निर्वाचन शान्तिपुर्ण

1 day ago
युवा गुप्ताको सराहनीय काम, नवजात शिशुका लागि गरे रक्तदान
अन्य

युवा गुप्ताको सराहनीय काम, नवजात शिशुका लागि गरे रक्तदान

2 days ago
नेविसंघ जिताउन कांग्रेस धनुषाको निर्देशन, फ्रन्टद्वारा समर्थनको घोषणा
मधेश प्रदेश

नेविसंघ जिताउन कांग्रेस धनुषाको निर्देशन, फ्रन्टद्वारा समर्थनको घोषणा

2 days ago
चिकित्सकले ‘सेवा परमो धर्म’ मनन गर्नुपर्दछ : प्रदेश प्रमुख मिश्र
एस.पी. खबर विशेष

चिकित्सकले ‘सेवा परमो धर्म’ मनन गर्नुपर्दछ : प्रदेश प्रमुख मिश्र

2 days ago
ऐनका सबै कुरा अहिले नै भनियो भने तपाईहरु भाग्नु हुन्छ : मन्त्री मोदी
एस.पी. खबर विशेष

ऐनका सबै कुरा अहिले नै भनियो भने तपाईहरु भाग्नु हुन्छ : मन्त्री मोदी

2 days ago
अन्तर कलेज क्रिकेट प्रतियोगिता अन्तरगत मैत्रीपूर्ण खेलहरु सम्पन्न
एस.पी. खबर विशेष

अन्तर कलेज क्रिकेट प्रतियोगिता अन्तरगत मैत्रीपूर्ण खेलहरु सम्पन्न

3 days ago

ताजा समाचार

लेनदेनको पञ्चयतीबाट निस्केर विष सेवन गरि जिल्ला प्रहरी पुगेपछि……

प्रधामन्त्री प्रचण्डले पुन: पाए बिश्वासको मत, पक्षमा १७२ विपक्षमा ८९

जनकपुरधाम राराबमा सचिव बाहेक नेविसंघको प्यानलै, सभापतीमा मनिस यादव निर्वाचित

बारा– २, उपेन्द्र चुनाव लड्दा प्रतिस्पर्धी राजेन्द्र हुन सक्ने हल्ला साँचो हो ?

जनकपुरधामको राराबमा २६ सय ६२ मत खस्यो, स्ववियु निर्वाचन शान्तिपुर्ण

युवा गुप्ताको सराहनीय काम, नवजात शिशुका लागि गरे रक्तदान

नेविसंघ जिताउन कांग्रेस धनुषाको निर्देशन, फ्रन्टद्वारा समर्थनको घोषणा

स्पेशल मिडिया नेपाल प्रा.लि.
जनकपुरधाम, मधेश प्रदेश
9844126588
 [email protected]
सूचना विभाग दर्ता नं: ३१५०-२०७८/७९

प्रधान सम्पादक/सञ्चालक
पुरन साह
सम्पादक
दिपेन्द्र कुमार साह
संवाददाता
संजय कुमार साह
चाँदनी झा
पुष्पा यादव

Facebook Twitter Youtube Pinterest

© 2020 SP KHABAR || Powered By ProTech Media || Privacy Policy