कल्पना यादव
जनकपुरधाम, भदौ १५ : प्रदेश २ को आन्तिरक मामिला तथा कानुन मन्त्रालयद्वारा बन्न लागेको विभिन्न योजनाको स्थलगत निरिक्षण अवलोकन गरिएको छ । जनकपुरधाम उपमहानगरपालिकाको वडा नं. २३ मा मन्त्रालयले बनाउन लागेको बाल सुधार गृह, रिहैब सेन्टर, सेफ हाउस र शहिद पार्क सहितका योजनाहरुको निर्माण स्थल पुगेर मन्त्री ज्ञानेन्द्र कुमार यादव तथा राज्यमन्त्री सरोज सिंह कुशवाहा सहितको टोलीले अनुगमन गरेको हो ।
जनकपुरधाम उपमहानगरपालिकाकी उपप्रमुख रिता झा, योजना कार्यान्वयन स्थल वडा नं. २३ का वडा अध्यक्ष सत्रुधन पाण्डे, वडा नं. सातका वडा अध्यक्ष जानकी राम साह सहित मन्त्रालयका कर्मचारीहरु सहित पुगेको टोलीले निर्माण स्थल, निर्माणको औचित्य, सम्भाब्यता र कार्यान्वयन विषयमा बुझेको छ । मन्त्री यादवले महत्वकांक्षी योजना रहेकाले स्थलगत अवलोकन गरिएको बताए ।
एसपी खवरसंग कुराकानी गर्दै मन्त्री यादवले बहुबर्षिय योजना अन्तर्गत करौडौंको लगानीमा समाजको लागि अति महत्वपुर्ण र आवयश्क स्थलहरुको निर्माण हुने बताए । बाल सुधार गृहका लागि १८ कठ्ठा, रिहैब सेन्टर र सेफ हाउसका लागि १५ कठठा छनौट भएको र शहिद पार्कका लागि सम्भावित १३ बिघघा जमिनको समेत अवलोकन गरिएको उनले बताए । जनकपुरधाम उपमहानगरले अनुमती दिइसकेकाले अव गुठीसंगको अनुमती र सम्झौता पछि औपचारिक रुपमै काम सुरु हुने उनको कथन छ ।