एसपी रिपोर्टर
जनकपुरधाम, भदौ १५ : क्लोथ बैंक धनुषाले ल्याएको भेन्टिलेटर प्रादेशिक अस्पताल जनकपुरधामलाई हस्तान्तरण गरिको छ । क्लोथ बैंकका सचिव मनिष झा श्रीओम सहित क्लोथ बैंक धनुषाको होम आइशोलेसन केयर अभियानका अभियानीहरु अस्पताल पुगेर भेन्टिलेटर हस्तान्तरण गरेका हुन ।
भेन्टिलेटर बुझदै प्रादेशिक अस्पताल व्यवस्थापन समितिका सदस्यहरु हकिम राइन तथा राम उदित रामले सहयोगका लागि बैंकलाई धन्यवाद दिदै अवस्थालाइ मध्ये नजर गर्दै गरिएको उतम सहयोग सदुपयोग गर्न अस्पताल प्रशासनलाई आग्रह गरेका छन् ।
प्रादेशिक अस्पतालका निमित प्रमुख तथा कोभिड १९ धनुषाका संयोजक डा.जामुन प्रसाद सिंह सहितकाले सहयोगका लागि बैंकलाई धन्यवाद दिएका छन् । प्राप्त भेन्टिलेटरको सक्दो सदुपयोग हुने उनले बताए । अस्पताल प्रशासनको तर्फवाट फुल कुमार यादव र स्टोर प्रमुख उमेश यादवको समेत सो अवसरमा उपस्थिती रहेको थियो ।
बैंकको तर्फवाट सचिव झा सहित अभियानीहरु जानी खान, सलामत राइन र प्रशान्त झा सहितको समेत उपस्थिती थियो ।