एसपी रिपोर्टर
महोतरी, भदौ १२ : प्रदेश २ का भौतिक पूर्वाधार विकास मन्त्री जितेन्द्र सोनल नेतृत्वको टोलीले महोतरीको जलेश्वर अस्पतालको निरिक्षण गरेको छ । कोभिड १९ को महामारीमा अस्पतालको भुमिका, महत्व र आवयश्क पुर्वाधार सहितको विषयमा बुझन मन्त्री सोनल सहितको टोलीले निरिक्षण गरेको बुझिएको छ ।
टोलीमा समाजिक विकास राज्यमन्त्री अभिराम शमा, प्रदेशसभा सदस्य रानी शर्मा तिवारी, जलेश्वर नगरपालिकाका प्रमुख रामशंकर मिश्र लगायतको सहभागिता रहेको थियो । सो क्रममा जलेश्वर अस्पताल सञ्चालन तथा व्यवस्थापन समितिका अध्यक्ष सुरेश पाण्डेय, अस्पतालका मेडिकल सुपरीटेन्डेन्ट राजीव कुमार झा सहितकाले जलेश्वर अस्पतालमा कोरोना विशेष अस्पतालका रुपमा भइरहेको काम, निर्माणका काम तथा समस्याहरुबारे ब्रिफिङ्ग गरिएको थियो ।
मन्त्री सोनलले अहिलेको अवस्थामा जनताका लागि यस्ता अस्पतालहरु मन्दिर जस्तै आस्था र भरोसाको केन्द्र रहेकाले उपलब्ध स्रोत साधनमा पनि इमान्दारिता पुर्वक सेवा प्रवाह गर्न आग्रह भने अस्पतालको विकासका लागि प्रदेश सरकार कुनै कसर वाँकी नराख्ने समेत बताए ।