एसपी रिपोर्टर
जनकपुरधाम, भदौ १० : क्लोथ बैंक धनुषाको कोरोना होम आइशोलेसन केयर अभियान अन्तर्गत अन्डर केयरमा रहेका एकजना स्वस्थ्य भएका छन् । कोरोनासंग मिल्दो जुल्दो लक्षण देखिएपछि चिकित्सकहरुको परार्मश अनुसार होम आइशोलेसनमा बसेर अभियानको अन्डर केयरमा रहनु भएका जनकपुरधामका शिक्षासेवी पब्लिक युथ क्याम्पसका सञ्चालक तथा मिथिला आयुर्वेद कलेजका सिइओ प्रध्यापक एसएन झाका पिता बयोबृद्व मोहन झा स्वास्थ्य भएका छन् । उहाँलाई अक्सिजन समेत दिइएको थियो ।
साथै जनकपुरधाम उपमहानगरपालिका वडा नंं. ११ का अभियानकै अन्डर केयरमा आएका पहिलो संक्रमित औषधी व्यवसायी समेत स्वस्थ्य भएका छन् । होम आइशोलेनमा करिव दुई हप्ता बसेका उनीहरु चिकित्सकीय परार्मश आवयश्क औषधी र खानपानमा ध्यान दिएकाले निको भएका हुन । बुवा स्वस्थ्य भएपछि झाले फेसबुकमा क्लोथ बैंक, अभियान, चिकित्सकीय टोली सहित सम्पुर्ण अभियानलाई धन्यवाद ज्ञापन गरेका छन् ।

एता मंगलवार राती देखि अहिले सम्म पर्साका १, बाराका १, सप्तरी २ र जनकपुरधामको पुलचौक, वडा नं. ७ र ४ तथा औरहीको १ गरि धनुषाको ४ सहित कुल ८ जना संक्रमित अभियानको अन्डर केयरमा थपिएका छन् । यो संगै अभियानको केयरमा रहि प्रदेश २ का कुल ६८ जना चिकित्सकीय परामर्श लिइरहेका छन भने दुईजना निको भएका छन् ।