एसपी रिपोर्टर
काठमाण्डौं, भदौ १० : नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले उक्त पदमा निरन्तरता नपाउने भएका छन् । उनको पछिल्लो कार्यशैलीप्रति प्रधानमन्त्री केपी शर्मा ओली र ऊर्जामन्त्री वर्षमान पुन दुवै असन्तुष्ट भएकाले पुनः कार्यकारी निर्देशकमा नियुक्ति नपाउने लगभग निश्चिित भएको स्रोतको भनाई छ ।
विश्वस्त स्रोतका अनुसार घिसिङ काम भन्दा बढी हल्लामा रमाउन थालेको भन्दै प्रधानमन्त्री ओली र ऊर्जामन्त्री पुन दुवै असन्तुष्ट भएका छन् । उनी लोकप्रीयतामा रमाउने क्रममा कामहरु राम्ररी अगाडि बढउन नसकेको विषय बालुवाटारमा केहिले उठाएको छ ।
पछिल्लो समय घिसिङले सामाजिक सञ्जालमार्फत् आफ्नो पुनः नियुक्तिका लागि दबाब बढाउने गरी रणनीतिका साथ अभियान चालेको रिपोर्ट समेत बालुवाटारमा पुगेको छ । सामाजिक सञ्जालमा लोकप्रीयता देखाउने र सरकारलाई नियुक्तिका लागि वाध्य बनाउने घिसिङको रणनीतितर्फ समेत ध्यान दिई असन्तुष्टिहरु बढेको बताइएको छ ।
नगरे सरकारका लागि घाँरो हुने
एता उनको नियुक्ती नगरे सरकार आलोचनाको सिकार पुनः बन्ने छ । कुलमानको नेतृत्वमा दैनिक १८ घण्टा सम्मको लोडसेडिङ्ग हटेकाले नेपालकै जनता उनको पक्षमा रहेकाले उनको नियुक्ती नभए सरकारको कडा विरोध हुने तर्फ समेत सरकारको ध्यान केन्द्रित छ । एकातर्फ सो पदका लागि राजनितिक दौडधुप जारी छ भने अर्को तर्फ सरकारलाई जनताको दबाब छ अव हेर्न वाँकी छ सरकारले के निर्णय गर्छ ।