FOLLOW US
SP khabar
  • गृहपृष्ठ
  • राजनीति
  • मधेश प्रदेश
  • राष्ट्रिय
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • आर्थिक
  • अन्य
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • एसपी खबर तस्वीर
SP TV
  • गृहपृष्ठ
  • राजनीति
  • मधेश प्रदेश
  • राष्ट्रिय
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • आर्थिक
  • अन्य
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • एसपी खबर तस्वीर
SP TV
No Result
View All Result

साधु हत्या प्रकरणमा प्रधानमन्त्रीलाई ज्ञापन पत्र, नेता निधीद्वारा सरकारको आलोचना

साधु हत्या प्रकरणमा प्रधानमन्त्रीलाई ज्ञापन पत्र, नेता निधीद्वारा सरकारको आलोचना

एसपी रिपोर्टर
जनकपुरधाम, भदौ ७ :
गत भदौ ३ गते रौतहटमा हनुमान मन्दिरका पुजारीको गोली हानी हत्या गरिएको विषयमा विभिन्न हिन्दुवादी संघसंस्थाहरुले प्रधानमन्त्रीलाई ज्ञापन पत्र पठाएको छ । रौतहटको प्रमुख जिल्ला अधिकारी मार्फत उनीहरुले प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएका हुन । ज्ञापन पत्र बुझाउनेहरुमा नेपाल बिश्व हिन्दु महासंघ रौतहट र हिन्दू परिषद नेपाल रौतहट रहेको छ ।

ज्ञापन पत्रमा हत्या गरिएका महन्थ पुजारीलाई शहिद घोषणा देखि शान्ति सुरक्षाको व्यवस्था र शुक्षम अनुसन्धान गरि हत्यारालाई कडा कारवाहीको मांग गरिएको छ । महासंघले एक विज्ञप्ती जारी गर्दै माधवनारायण नगरपालिका २ खेसर्हिया स्थित हनुमान मन्दिरका सन्त श्रीराम साहलाई खाना खाने वेलामा हत्या गरिएको घटनाको सत्य तथ्य छानबिन गरि दोषी उपर कडा कार्यवाही गर्नुका साथै स्वर्गीय सन्त लाई शहिद घोषणा गर्नुपर्ने मांग राखेको छ ।

नेपाल विश्व हिन्दु महासंघ जिल्ला कार्यसमिति रौतहटका अध्यक्ष त्रिभुवन ओझा एवं सचिव राधेश्याम सहनीद्वारा प्रमुख जिल्ला अधिकारीलाई बुझाइएको ज्ञापन पत्रमा भनिएको छ, ‘आफनो भौतीक स्वार्थ त्याग गरि अध्यात्मिक मार्गबाट विश्वमा मानवता, सदभाव र सनातन ज्ञानको ज्योतीवाट वशुधैब कुटुम्बकमको संस्कार विकासमा तल्लीन यस्ता महामानव साधुसन्तहरु प्रतिको अमानविय व्यवहार गर्ने तत्वहरु कदापि माफी लायक हुनै सकदैन ।’ सनातन धर्मावलम्वीहरुको धार्मिक स्थल धर्मको पथ प्रदर्शक मात्र नभई धार्मिक शैन्य शक्ति पनि हो भन्दै सनातन हिन्दु धर्मावलम्वीहरुको धैर्यताको परिक्षा लिने काम नगर्न समेत सचेत गराइएको छ ।

एता परिषद रौतहटले घटना भएको आज ४ दिन वितिसक्दा पनि हाल सम्म हत्यामा संलग्न हत्याराको पक्राउ वा जिल्ला प्रहरी कार्यालय र जिल्ला प्रशासन कार्यालय रौतहटद्वारा कुनै जानकारी सार्वजनिक नभएको हुनाले यथा शिघ्र हत्याराको पहिचान गरि कानुनको दायरामा ल्याएर साधुधर्मात्मा जस्तो व्यक्तिको हत्यामा चासो लिन प्रशासन संग मांग गरिएको छ । उनीहरुले पनि पुज्य स्व. साधुलाई शहिद घोषणा र हत्यारालाई फाँसीको सजाय मांग गर्दै प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवलाई ज्ञापन पत्र बुझाए ।

सो अवसरमा हिन्दू परिषद नेपाल रौतहटका संयोजक ओमप्रकाश साह, प्रवक्ता अभिमनु कुमार पटेल, गौर नगरपालिकाका नगर अध्यक्ष बिनोद उपाध्याय, देवाही गोनाही नगरपालिकाका नगर अध्यक्ष मनोज साह, यमुनामाई गाउँपालिकाका अध्यक्ष निरज साह, ईशनाथ नगरपालिकाका अध्यक्ष बिनोद यादव लगायतको सहभागिता थियो ।

कांग्रेस उपसभापति निधीद्वारा सरकारको आलोचना

एता घटना सम्बन्धमा नेपाली कांग्रेसका केन्द्रिय उप–सभापति विमलेन्द्र निधीले केहि गर्न नसकेको भन्दै सरकारको आलोचना गरेका छन् । पुजारीका हत्याको अनुसन्धान गरी दोषि उपर उनले कारवाहीको मांग गरेका छन् । सामाजिक सञ्जाल ट्विटरमार्फत उनले घटना प्रति आफनो बिचार राखेका हुन ।

ट्विटरमा उनले लेखेका छन् :

रौतहट जिल्लाको माधवनारायण नगरपालिकामा हनुमान मन्दिरका पुजारी श्रीराम साहलाई राती खाना खाने बेलामा गोली हानी हत्या गरेको चार दिन भए पनि सरकारले अहिले सम्म केही गरेको छैन । शिघ्र हत्याराको खोजी गरि कडा सजाय दिन सरकारसंग माग गर्दछु । मृतकको आत्माको चीर शान्तिका लागि प्रार्थना गर्दछु ।

फेसबुकबाट तपाईको प्रतिक्रिया !

SP KHABAR

SP KHABAR

एसपी खवर मधेश प्रदेशबाट सम्प्रेशन हुने देशकै लोकप्रिय अनलाईन पत्रिका हुन ।

सम्बन्धित समाचार

लेनदेनको पञ्चयतीबाट निस्केर विष सेवन गरि जिल्ला प्रहरी पुगेपछि……
एस.पी. खबर विशेष

लेनदेनको पञ्चयतीबाट निस्केर विष सेवन गरि जिल्ला प्रहरी पुगेपछि……

5 hours ago
प्रधामन्त्री प्रचण्डले पुन: पाए बिश्वासको मत, पक्षमा १७२ विपक्षमा ८९
एस.पी. खबर विशेष

प्रधामन्त्री प्रचण्डले पुन: पाए बिश्वासको मत, पक्षमा १७२ विपक्षमा ८९

8 hours ago
जनकपुरधाम राराबमा सचिव बाहेक नेविसंघको प्यानलै, सभापतीमा मनिस यादव निर्वाचित
एस.पी. खबर विशेष

जनकपुरधाम राराबमा सचिव बाहेक नेविसंघको प्यानलै, सभापतीमा मनिस यादव निर्वाचित

9 hours ago
बारा– २, उपेन्द्र चुनाव लड्दा प्रतिस्पर्धी राजेन्द्र हुन सक्ने हल्ला साँचो हो ?
एस.पी. खबर विशेष

बारा– २, उपेन्द्र चुनाव लड्दा प्रतिस्पर्धी राजेन्द्र हुन सक्ने हल्ला साँचो हो ?

1 day ago
जनकपुरधामको राराबमा २६ सय ६२ मत खस्यो, स्ववियु निर्वाचन शान्तिपुर्ण
एस.पी. खबर विशेष

जनकपुरधामको राराबमा २६ सय ६२ मत खस्यो, स्ववियु निर्वाचन शान्तिपुर्ण

1 day ago
युवा गुप्ताको सराहनीय काम, नवजात शिशुका लागि गरे रक्तदान
अन्य

युवा गुप्ताको सराहनीय काम, नवजात शिशुका लागि गरे रक्तदान

2 days ago
नेविसंघ जिताउन कांग्रेस धनुषाको निर्देशन, फ्रन्टद्वारा समर्थनको घोषणा
मधेश प्रदेश

नेविसंघ जिताउन कांग्रेस धनुषाको निर्देशन, फ्रन्टद्वारा समर्थनको घोषणा

2 days ago
चिकित्सकले ‘सेवा परमो धर्म’ मनन गर्नुपर्दछ : प्रदेश प्रमुख मिश्र
एस.पी. खबर विशेष

चिकित्सकले ‘सेवा परमो धर्म’ मनन गर्नुपर्दछ : प्रदेश प्रमुख मिश्र

2 days ago
ऐनका सबै कुरा अहिले नै भनियो भने तपाईहरु भाग्नु हुन्छ : मन्त्री मोदी
एस.पी. खबर विशेष

ऐनका सबै कुरा अहिले नै भनियो भने तपाईहरु भाग्नु हुन्छ : मन्त्री मोदी

2 days ago
अन्तर कलेज क्रिकेट प्रतियोगिता अन्तरगत मैत्रीपूर्ण खेलहरु सम्पन्न
एस.पी. खबर विशेष

अन्तर कलेज क्रिकेट प्रतियोगिता अन्तरगत मैत्रीपूर्ण खेलहरु सम्पन्न

3 days ago

ताजा समाचार

लेनदेनको पञ्चयतीबाट निस्केर विष सेवन गरि जिल्ला प्रहरी पुगेपछि……

प्रधामन्त्री प्रचण्डले पुन: पाए बिश्वासको मत, पक्षमा १७२ विपक्षमा ८९

जनकपुरधाम राराबमा सचिव बाहेक नेविसंघको प्यानलै, सभापतीमा मनिस यादव निर्वाचित

बारा– २, उपेन्द्र चुनाव लड्दा प्रतिस्पर्धी राजेन्द्र हुन सक्ने हल्ला साँचो हो ?

जनकपुरधामको राराबमा २६ सय ६२ मत खस्यो, स्ववियु निर्वाचन शान्तिपुर्ण

युवा गुप्ताको सराहनीय काम, नवजात शिशुका लागि गरे रक्तदान

नेविसंघ जिताउन कांग्रेस धनुषाको निर्देशन, फ्रन्टद्वारा समर्थनको घोषणा

स्पेशल मिडिया नेपाल प्रा.लि.
जनकपुरधाम, मधेश प्रदेश
9844126588
 [email protected]
सूचना विभाग दर्ता नं: ३१५०-२०७८/७९

प्रधान सम्पादक/सञ्चालक
पुरन साह
सम्पादक
दिपेन्द्र कुमार साह
संवाददाता
संजय कुमार साह
चाँदनी झा
पुष्पा यादव

Facebook Twitter Youtube Pinterest

© 2020 SP KHABAR || Powered By ProTech Media || Privacy Policy