एसपी रिपोर्टर
जनकपुरधाम, भदौ ६ : आइशोलेसनमा काम गर्ने स्वीपर संक्रमितको जाँच गर्न भएको घटनामा प्रदेश २ का समाजिक विकास मन्त्री नवल किशोर साह तुरन्त एक्सन लिएका छन् । एसपी खवरले समाचार प्रकाशन गरेसंगै मन्त्री साहले कोभिड १९ धनुषाका संयोजक डा. जामुन सिंहलाई फोन गरि २४ घण्टा भित्र घटनाको बारेमा बुझेर यर्थात प्रस्तुत गर्न निर्देशन दिएका छन् ।
एसपी खवरसंग कुराकानी गर्दै मन्त्री साहले घटनामा दोषी देखिने जो कोहिलाई पनि कारवाही गरेर छाडने बताए । तपाँइहरुकै मिडिया मार्फत देख्यौं मन्त्री साहले भने, ‘यस्तो लापरवाही गर्ने जो कोहि होस कारवाही हुन्छ ।’ मन्त्री साहले डा. सिंहलाई यस पारवाहीको कारण र को को दोषी छन सहितको विवरण बुझेर २४ घण्टा भित्र पेश गर्न भनेको भन्दै कारवाहीको चेतावनी दिएका छन् ।
मन्त्री साहले भने, ‘हामीले जिम्मेवार व्यक्तिहरु तोकेका छौं, उनीहरुले काम गर्ने हो, सवै काम मन्त्रीले नै गर्ने होइन तर पनि केहिले नियोजित रुपमा मन्त्रीको नाम जोदिदिन्छ ।’ सवैले आ–आफनो जिम्मेवारी वहन गरे यस्तो लापरवाही हुनै नसक्ने उनको कथन थियो । यद्यपि उनले जिम्मेवार पदमा आसिन भएकाले आफु यस घटना विषयमा गहन रुपमा बुझिरहेको र छिट्टै नतिजा आउने बताए ।