FOLLOW US
SP khabar
  • गृहपृष्ठ
  • राजनीति
  • मधेश प्रदेश
  • राष्ट्रिय
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • आर्थिक
  • अन्य
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • एसपी खबर तस्वीर
SP TV
  • गृहपृष्ठ
  • राजनीति
  • मधेश प्रदेश
  • राष्ट्रिय
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • आर्थिक
  • अन्य
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • एसपी खबर तस्वीर
SP TV
No Result
View All Result

कोइराला, सिंह र निधि मिल्दा देउवा र पौडेलको राजनीतिक भविष्य के होला ?

कोइराला, सिंह र निधि मिल्दा देउवा र पौडेलको राजनीतिक भविष्य के होला ?

समाचार विश्लेषण :
भदौ ५ :
नेपाली काँग्रेसभित्र ७० कटेका दुई नेता सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल फेरि पनि पार्टी नेतृत्वका मुख्य दाबेदार हुन् । देउवा र पौडेलले यसपटकको महाधिवेशनलाई आफ्नो राजनीतिक जीवनको सम्भवत अन्तिम प्रतिष्पर्धाका रुपमा लिएका छन् । काँग्रेस सभापति भएर भावी प्रधानमन्त्रीको मार्ग सुनिश्चित गर्ने दाउमा दुवै नेता छन् ।

देउवा पहिलोपटक काँग्रेस पार्टी सभापति बनेका हुन् । उनी चार पटक प्रधानमन्त्री बनिसके । वरिष्ठ नेता पौडेल अहिलेसम्म काँग्रेस सभापति र प्रधानमन्त्री दुवै बन्न सकेका छैनन् । तर, उनी सभामुख, उपप्रधानमन्त्रीसहित विभिन्न मन्त्रालयको जिम्मेवारी सम्हालिसकेका भेट्रान नेता हुन् ।

देउवा र पौडेलको सभापतिमा दाबी देखिएपनि उनीहरुपछिको पुस्ताले नेतृत्व हस्तान्तरणका लागि आग्रह गर्न थालिसकेका छन् । दुवै पक्षका नेताहरुले सवोच्च नेता बनेर नेतृत्व हस्तान्तरणको प्रस्ताव गर्न थालेका छन् । यसरी देउवा र पौडेलभन्दा फरक नेता सभापति बनाउन ठुलो समुह काँग्रेसभित्र सक्रिय भइसकेको छ ।

काँग्रेसमा फेरि विरासतको राजनीति गर्दै आएका नेताहरु नेतृत्वमा पुग्न सक्रिय भएका छन् । काँग्रेसका संस्थापक नेताहरु वीपी कोइरालाका पुत्र सशांक कोइराला, गणेशमान सिंहका पुत्र प्रकाशमान सिंह र महेन्द्रनारायण निधिका पुत्र विमलेन्द्र निधि मुख्य प्रतिष्पर्धीका रुपमा देखिनथालेका छन् । कोइराला परिवारका डा. शशांक कोइराला पनि सभापतिका दाबेदार हुन् । यसरी तीनवटा परिवारका सदस्य सभापतिको दाबी गर्दै बढिरहँदा उनीहरुको मिलनको विषय पनि जोडदार रुपमा उठिरहेको छ । तीन परिवार मिलेमा देउवा र पौडेलमाथि दबाब सृजना हुने कतिपय काँग्रेस नेता कार्यकर्ताको बुझाई छ ।

वास्तवमा देउवाको आधा शक्ति विमलेन्द्र निधि हुन् । पौडेलको लगभग ९० प्रतिशत शक्ति डा. सशांक कोइराला, डा. शेखर कोइराला र प्रकाशमान सिंह नै हुन् । उनीहरुले साथ छाडेर तीन परिवारको एकता बनाएर बढेमा देउवा र पौडेलले सभापतिको चुनाव लड्न ठुलै हिम्मत निकाल्नुपर्ने हुनसक्छ । उनीहरुको बेमेलले मात्र देउवा र पौडेलको प्रतिष्पर्धाको माहोल बन्न सक्छ ।

काँग्रेसभित्र कोइराला, सिंह र निधिबीचको सम्भावित एकतालाई लिएर बहस हुन थालेको छ । तीनजना नेताको औपचारिक अनौपचारिक भेटघाट हुन थालेको छ । एक अर्कामा राजनीतिक लेनदेन गरी एकै ठाउँमा आउनेबारे उनीहरुबीच छलफल समेत चलेको छ । यो सम्भव भएमा देउवा र पौडेल सर्वोच्च नेता बन्नेतर्फ लाग्नुपर्ने अवस्था आउनसक्छ । या त भविष्यमा राष्ट्रपतिको दाबेदार बनेर दोस्रो पुस्ताका नेताहरुलाई सहयोग गर्ने अवस्थामा पुग्न सक्छन् ।

कोइराला, सिंह र निधिबीच राजनीतिक लेनदेनबाट सहमति बन्ने सम्भावना सजिलो भने छैन । तीनैजना उस्तै उमेरका हुन् । आफ्नै दाबी प्रस्तुत गरेर महाधिवेशनको तयारीमा छन् । यी तीनबीच पार्टी र सरकार सञ्चालनमा फरक फरक व्यक्तिले गर्ने सहमति बन्ने सम्भावना भने छँदैछ । तर, कस्ले त्याग्ने भन्ने विषय आउन सक्छ । प्रकाशमान सिंह आफ्ना पिता गणेशमान सिंहले प्रधानमन्त्री पद नै त्यागेको बताउँदै सधै आफूहरुले मात्र त्याग्नुपर्ने ? भन्न थालेका छन् ।

शशांक कोइराला बाबु वीपीको लाइनमा काँग्रेसलाई चलायमान बनाउने एजेन्डाका साथ सक्रिय छन् । निधि मधेशी समुदायबाट पहिलोपटक देशको प्रधानमन्त्री बन्न चाहन्छन् । यसरी तीनैजनाको आफ्नै चाहना र महत्वाकांक्षा छ । तर, तीनैजनाले पार्टीलाई बलियो बनाउन नेतृत्व परिवर्तन अनिवार्य छ भन्नेमा सहमति जनाएका छन् । यही सहमतिमा उनीहरुबीच मिलनबिन्दु तयार गर्ने सम्भावना बलियो छ । तर, त्यो सजिलो भने छैन ।

फेसबुकबाट तपाईको प्रतिक्रिया !

SP KHABAR

SP KHABAR

एसपी खवर मधेश प्रदेशबाट सम्प्रेशन हुने देशकै लोकप्रिय अनलाईन पत्रिका हुन ।

सम्बन्धित समाचार

लोसपा युवा नेता महासेठद्वारा केन्द्रिय महासचिव पद अस्वीकार
एस.पी. खबर विशेष

लोसपा युवा नेता महासेठद्वारा केन्द्रिय महासचिव पद अस्वीकार

14 hours ago
संघियता बचाई दिन मुख्यमन्त्रीले गुहारे राष्ट्रपति, राष्ट्रपतिको जवाफ मुख्य तिन नेतालाई भन्छु
आर्थिक

महेन्द्र नारायण निधि मिथिला संस्कृति केन्द्रको समुद्घाटन हुँदा चौतर्फी उत्साह

15 hours ago
जनकपुरधाममा राष्ट्रपति पौडेल, एयरपोर्ट देखि जानकी मन्दिर सम्मको तस्वीर खवर
एस.पी. खबर विशेष

जनकपुरधाममा राष्ट्रपति पौडेल, एयरपोर्ट देखि जानकी मन्दिर सम्मको तस्वीर खवर

21 hours ago
साँझा प्रकाशन जनकपुरधामद्वारा विशेष पुस्तक प्रदर्शनी–२०८० को आयोजन
एस.पी. खबर विशेष

साँझा प्रकाशन जनकपुरधामद्वारा विशेष पुस्तक प्रदर्शनी–२०८० को आयोजन

1 day ago
मेका ईन्जिनियरिङ्ग समाजद्वारा मन्त्री साह सम्मानित
मधेश प्रदेश

मेका ईन्जिनियरिङ्ग समाजद्वारा मन्त्री साह सम्मानित

1 day ago
जनकपुरधाममा अव सुविधा सम्पन्न भब्य सभाहल, भोली राष्ट्रपतिबाट समुदघाट्न हुने
आर्थिक

जनकपुरधाममा अव सुविधा सम्पन्न भब्य सभाहल, भोली राष्ट्रपतिबाट समुदघाट्न हुने

2 days ago
नेपाल ईन्जिनियर्स एशोसिएसन मधेश समितिको आफनै भवन बनाउन पक्रिया सुरु
एस.पी. खबर विशेष

नेपाल ईन्जिनियर्स एशोसिएसन मधेश समितिको आफनै भवन बनाउन पक्रिया सुरु

2 days ago
राम युवा कमिटीद्वारा बौद्धी माता र अन्नपूर्णा अमरखाना माता पूजाका लागि उपसमिति चयन
अन्य

राम युवा कमिटीद्वारा बौद्धी माता र अन्नपूर्णा अमरखाना माता पूजाका लागि उपसमिति चयन

2 days ago
सुनसरीको स्वस्तिक रोलिङ मिल्सलाई बेस्ट भ्यालुड कस्टमर अवार्ड
आर्थिक

सुनसरीको स्वस्तिक रोलिङ मिल्सलाई बेस्ट भ्यालुड कस्टमर अवार्ड

2 days ago

ताजा समाचार

लोसपा युवा नेता महासेठद्वारा केन्द्रिय महासचिव पद अस्वीकार

महेन्द्र नारायण निधि मिथिला संस्कृति केन्द्रको समुद्घाटन हुँदा चौतर्फी उत्साह

संघियता बचाई दिन मुख्यमन्त्रीले गुहारे राष्ट्रपति, राष्ट्रपतिको जवाफ मुख्य तिन नेतालाई भन्छु

जनकपुरधाममा राष्ट्रपति पौडेल, एयरपोर्ट देखि जानकी मन्दिर सम्मको तस्वीर खवर

साँझा प्रकाशन जनकपुरधामद्वारा विशेष पुस्तक प्रदर्शनी–२०८० को आयोजन

मेका ईन्जिनियरिङ्ग समाजद्वारा मन्त्री साह सम्मानित

जनकपुरधाममा अव सुविधा सम्पन्न भब्य सभाहल, भोली राष्ट्रपतिबाट समुदघाट्न हुने

स्पेशल मिडिया नेपाल प्रा.लि.
जनकपुरधाम, मधेश प्रदेश
9844126588
 [email protected]
सूचना विभाग दर्ता नं: ३१५०-२०७८/७९

प्रधान सम्पादक/सञ्चालक
पुरन साह
सम्पादक
दिपेन्द्र कुमार साह
संवाददाता
संजय कुमार साह
चाँदनी झा
पुष्पा यादव

Facebook Twitter Youtube Pinterest

© 2020 SP KHABAR || Powered By ProTech Media || Privacy Policy