एसपी रिपोर्टर
जनकपुरधाम, भदौं ३ : उत्कृष्ट दावी गरिएको धनुषाको सपही स्थित सिटिइभिटीको भवनमा रहेको कोभिड १९ आइशोलेसनमा इन्टरनेट समेत उपलब्ध नरहेको बुझिएको छ । सरकारले कोभिड १९ व्यवस्थापनमा क्वारेन्टाइन तथा आइशोलेसनमा मात्र अर्वौको खर्च गरिरहेको बताएपनि समान्य सेवा सुबिधा पनि उपलब्धतामा धेरै कठिनाइ रहेको छ ।
ओइशोलेसनमा रहेका विरामीहरुका अनुसार करिव १ महिना देखि इन्टेरनेट सुविधा त्यहाँ छैन । कोरोना संक्रमण पछि स्वभाविक रुपमा डर सवैलाई हुन्छ र सो डरवाट राहत र केहि भएपनि आराम तथा मन बहलाउनका लागि मोबाइल र त्यसमा इन्टरनेट अतिआवयश्क पनि हो । तर एक महिना देखि लाइन कटेपनि पुनः जडानका लागि कुनै पहल गरिएको छैन ।
वाइफाईको टावर आइरहेको छ, ‘एक संक्रमितले भने, ‘तर नेट चल्दैन, यहाँ रहेका पुरानो संक्रमितहरु एक महिना देखि चलाउन नपाएको भनिरहेको छ ।’ खानपिन त जसो तसो टर्ला तर घर परिवारसंग सम्पर्क, सुचना समाचार र यु टयुववाट धेरै कुराको ज्ञान इन्टरनेटवाट थाहा हुन्छ भन्दै उनीहरु त्यसका लागि पहल गरिदिन एसपी खवरलाई फोन गरि बताए । मन बहलाउन गित संगित हास्य व्यङ्ग तथा व्यायाम र खानपीनको लागि पनि इन्टरनेट आवयश्क रहेकाले त्यसको लागि अपिल गरेका हुन ।