एसपी रिपोर्टर
जनकपुरधाम, भदौ ३ : भाद्र कृष्ण औँसीका दिन मनाइने कुशे औँशी पर्व आज वैदिक सनातन धर्मावलम्बीले वर्षभरि देवकार्य तथा पितृ कार्यमा प्रयोग गरिने पवित्र कुश घर–घरमा भित्र्याएर मनाउँदैछन् । शास्त्रोक्त विधिअनुसार ब्राह्मणद्वारा पूजा गरी उखेलेर जजमान कहाँ पुर्याइएको कुश घरमा राख्नाले परिवारको कल्याण हुने धार्मिक विश्वास छ । आजका दिन उखेलिएको कुश वर्षभर प्रयोग गर्न सकिने र अरु दिन उखेलिएको कशु त्यसै दिन मात्र उपयोग गर्न सकिने शास्त्रीय मान्यता रहेको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा डा. रामचन्द्र गौतमले बताए ।
जनकपुरधाममा विशेष श्राद्ध
आजको दिन जनकपुरधामको पवित्र एतिहाँसिक गंगा सागरमामा विशेष श्राद्ध तहाँ कुशले जल अर्पण गर्ने गरिन्छ । यदी श्राद्ध गर्न नसकेमा जलदान एवम् सिदा दान मात्रै भए पनि गर्ने परम्परा छ । जनकपुरधामको गंगाका तिर्थमा पिण्डदान गरेमा पितृ आई लैजाने तथा एक चित्त भई जलमा हेरेमा स्वर्गबासी पितृको दर्शन पाउने धार्मिक विश्वासका कारण कुशे औशीका दिन यहाँ भक्तजनको ठूलो घुइँचो लाग्ने गरेको हो ।
मिथिलामा को मान्यता अनुसार दिवंगत पितृलाई आजको दिन कुशवाट जल अर्पण गरियो भने पितृको आत्माको शान्ति तथा पितृ श्राप बाट मुक्ति हुने र घरमा सुख शान्ति हुने गरिछन् । तर यसपालि कोरोनाको त्रासले गर्दा कुश जल अर्पण गर्नेहरुको भिडभाड कम देखिएको छ । लकडाउन र निषेधाज्ञाको कारणले पनि सो विधी गर्नेहरुको गंगासागरमा भिडभाड कम देखिको छ । महामारीका कारण अधिकांशले घरमै कुश जल अर्पण गर्नेछन् ।