एसपी रिपोर्टर
कपिलवस्तु, भदौ १ : लकडाउनमा कडाई गर्ने क्रंममा प्रहरी माथी नै आक्रमण भएको छ । कपिलवस्तुको शुद्धोधन गाउपालिका वडा नं. ३ लबनि चोकमा नाम नखुलेका केही व्यक्तिको समुहको आक्रमणमा परि प्रहरी चौकी लबनीका प्रहरी हवल्दार सहित ६ जना घाईते भएका छन ।
घाईते मध्य ३ जनाको अवस्था मध्यम छ भने ३ जनालाई सामान्य चोट पटक लागेको छ । प्रहरी माथी आक्रमण गरि भागेकाहरु मध्ये घटनामा संलग्न व्यक्तिहरुलाई नियन्त्रणमा लिन जिल्लाको टोलि खटाइएको छ । घटनास्थलमा प्रहरी पठाईएको कपिलवस्तुका प्रहरी उपरीक्षक नवराज अधिकारीले जनाएका छन् ।