एसपी रिपोर्टर
काठमाण्डौं, भदौ १ : सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को विवाद हल गर्नको लागि अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहालको सहमतिमा ६ सदस्यीय कार्यदल गठन भएको छ । उक्त कार्यदलको संयोजकमा महासचिव विष्णु पौडेल छन् । र, अध्यक्षद्धय ओली र दाहालनजिकका दुई दुई जना र बरिष्ठ नेता माधव कुमार नेपाल समूहबाट पनि दुई जना सदस्य छन् ।
ओली समूहबाट संयोजक पौडेल र स्थायी कमिटी सदस्य शंकर पोखरेल, र दाहाल समूहबाट स्थायी कमिटी सदस्यहरु जनार्दन शर्मा र पम्फा भुषाल छन् । उता, वरिष्ठ नेता नेपाल समूहबाट स्थायी कमिटी सदस्यहरु डा. भीमबहादुर रावल र सुरेन्द्र पाण्डे छन् ।
सहमतिको खाका भन्दै मन्त्रीमण्डल पुर्नगठन, को को बन्लान् मन्त्री
कार्यदल गठन गर्नुअघि नै दुई अध्यक्षबीच मन्त्रिमण्डल पूनर्गठन गर्ने सहमति भएको थियो । नेकपा उच्च स्रोतले दिएको जानकारीअनुसार नवगठित कार्यदलका संयोजक पौडेलबाहेक सबै सदस्यहरुलाई मन्त्रिमण्डल पूनर्गठन गर्दा मन्त्री बनाईने मोटामोटी सहमति ओली र दाहालबीच भएको छ ।
ओलीले मन्त्री पदको चारो फालेपछि विरोधी समुह तितरबितर
अध्यक्षद्धय ओली र दाहालबीच मुख्यमन्त्रीहरुपनि फेरबदल गर्ने सहमति बनेको छ । प्रदेश नम्बर ५ का मुख्यमन्त्री शंकर पोखरेलले मुख्यमन्त्री छोडेर केन्द्रमा आउन चाहेका छन् । पार्टीभित्रको आन्तरिक चुलिएसँगै अध्यक्ष ओलीले उनलाई काठमाडौं बोलाएका हुन् । उनी गत असार १० यता प्रायः यतै छन् ।
ओलीको तगडा विरोध गर्ने गरेका भिम रावल पनि मन्त्री पद पाउँदै छन् । उनी यसअघि ओलीको कडा विरोध गर्दै आएकोमा सहमतीको लागि गठन भएको कार्यदलका सदस्य भएपछि मन्त्री पाउने लगभग पक्का पक्कीको तालिकामा छन् ।
यद्धपी ओली–दाहालबीच भएको पछिल्लो सहमतिलाई लिएर वरिष्ठ नेताहरु झलनाथ खनाल र नेपाल, प्रवक्ता नारायणकाजी श्रेष्ठ असन्तुष्ट छन् । उनीहरुले तत्काल सचिवालय बैठकको माग गरेका थिए । सोही अनुसार नेकपा सचिवालय बैठक भोलि बस्ने तय भएको छ ।