FOLLOW US
SP khabar
  • गृहपृष्ठ
  • राजनीति
  • मधेश प्रदेश
  • राष्ट्रिय
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • आर्थिक
  • अन्य
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • एसपी खबर तस्वीर
SP TV
  • गृहपृष्ठ
  • राजनीति
  • मधेश प्रदेश
  • राष्ट्रिय
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • आर्थिक
  • अन्य
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • एसपी खबर तस्वीर
SP TV
No Result
View All Result

नयाँ मन्त्री मण्डलमा धनुषावाट जुली महतोको चर्चा शहरी नभए खानेपानीमा सम्भावना, यस्तो छ नयाँ मन्त्रीका सम्भावित अनुहार

नयाँ मन्त्री मण्डलमा धनुषावाट जुली महतोको चर्चा शहरी नभए खानेपानीमा सम्भावना, यस्तो छ नयाँ मन्त्रीका सम्भावित अनुहार

एसपी रिपोर्टर
जनकपुरधाम, साउन ३२ :
अध्यक्षद्वयको भित्री सहमती अनुसार मन्त्री मण्डल पुर्नगठनका लागि नेकपामा गृहकार्य सुरु भएको छ । मन्त्री मण्डल पुर्नगठनको तयारीसंगै धनुषावाट सांसद जुली महतोको नाम पनि प्राथमिकतामा रहेको छ । उनलाई शहरी विकास नभए खानेपानी मन्त्रीको जिम्मेवारी दिइने सम्भावना छ । महतोको नाम ओली र प्रचण्ड दुवै तर्फवाट आइरहेको नेकपा स्रोतको दावी छ ।

महिला नेतृमा धनुषामा राम्रो छवि बनाएकी महतो क्षेत्रमा पनि नेता कार्यक्रतासंग एकदमै घुलमिलमा रहने नेतृका रुपमा परिचित छन् । पुर्नगठन हुने मन्त्री मण्डलमा धनुषावाट पुुरुष सांसदको सम्भावना कम देखिएको र मधेशी मुलको महिला मन्त्री मण्डलमा समावेश गरिए सकारात्मक सन्देश जाने भएकाले महतोको नाम प्राथमिकतामा रहेको बताइन्छ । यस अघिको मन्त्री मण्डलमा धनुषावाट रघुविर महासेठ र मात्रिका प्रसाद यादव मन्त्री थिए भने अहिलेको मन्त्री मण्डलमा धनुषा निल छ ।

यस्तो छ नेकपा केन्द्रको गृहकार्य

नेपाल कम्युनिस्ट पार्टीभित्र सहमतिको खाका बन्दै गर्दा पार्टी कमिटी र मन्त्रिमण्डलमा पुर्नगठन हुने भएको छ । अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच पुर्नगठन गर्ने लगभग सहमति बनेपछि नयाँ सम्भावना देखिएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले अध्यक्ष र प्रधामन्त्री दुवै पदबाट राजीनामा दिनुनपर्ने र अध्यक्ष प्रचण्ड, वरिष्ठ नेता माधवकुमार नेपाल र झलनाथ खनाललाई पनि मान्य हुने गरी सहमतिको खाका बनाइन लागिएको छ । दुई अध्यक्षबीच सहमतिको खाकाबारे लगभग सहमति भएको बुझिएको छ । यद्यपि नेपाल र खनाल भने शसंकित रहेको बुझिएको छ ।

विश्वस्त स्रोतका अनुसार दुई अध्यक्षबीच शक्तिको बाँडफाँड गरिने भएको छ । सरकार ओलीले र पार्टी प्रचण्डले चलाउने गरी खका बनाइने सहमति भएको छ । मन्त्रीमण्डल पुर्नगठन र केही मुख्यमन्त्रीमा समेत हेरफेर हुने भएको छ ।

सहमतिको खाका तयार गर्न महासचिव विष्णु पौडेलको संयोजकत्वमा बनाइएको छ सदस्यीय कमिटी आफैमा अर्थपूर्ण छ । कमिटीले दुई अध्यक्षबीच भएको सहमति अनुसार खाका कोर्ने तयारी गरेको छ । सहमति निर्माणमा सक्रिय भुमिका खेलेका महासचिव विष्णु पौडेल र स्थायी कमिटी सदस्य जर्नादन शर्मा पनि रहेका छन् ।

यसैगरी पौडेलको संयोजकत्वमा गठित कार्यदलमा रहेका स्थायी कमिटी सदस्यहरु भीम रावल, जर्नादन शर्मा, सुरेन्द्र पाण्डे र पम्फा भुषाल पनि पुर्नगठित मन्त्रीमण्डलमा आफै पनि रहने सम्भावना रहेको बुझिएको छ । पौडेल पार्टीकै जिम्मेवारीमा रहने र शंकर पोखरेलले मुख्यमन्त्री छाडेर मन्त्री बन्ने सम्भावना पनि रहेको बुझिएको छ । जर्नादन शर्मा गृह मन्त्री, भीम रावल परराष्ट्र वा सञ्चार र सुरेन्द्र पाण्डे अर्थमन्त्री बन्ने सम्भावना रहेको विश्वस्त स्रोतले जानकारी दिएको छ । पम्फा भुषाल पनि मन्त्री बन्ने निश्चितप्रायः छ ।

अहिले भएकामध्ये प्रदीप ज्ञवाली, योगेश भट्टराई, घनश्याम भुषाल मन्त्री कायमै रहने सम्भावना रहेपनि अन्य मन्त्रीहरुमा फेरबदल हुने सम्भावना रहेको विश्वस्त स्रोतले जानकारी दिएको छ । सम्भवतः आउँदो हप्ता मन्त्रीमण्डल पुर्नगठन हुनेछ । पुर्नगठित मन्त्रीमण्डलमा ओली, प्रचण्ड, नेपाल, खनाल र गौतम पक्षका नेताहरुको समान सहभागिता हुने गरी तयारी भएको छ ।

सहमतिको खाका तयार गरेपछि भोलि नै सचिवालय बैठक बसी यसबारे छलफल हुने भएको छ । सोमबार बैठक बसी निष्कर्षमा पुगी कार्यान्वयनमा लगिने बुझिएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया !

SP KHABAR

SP KHABAR

एसपी खवर मधेश प्रदेशबाट सम्प्रेशन हुने देशकै लोकप्रिय अनलाईन पत्रिका हुन ।

सम्बन्धित समाचार

मधेश सरकार मन्त्रालयको नाममा व्यापक हेरफेर, समाजिक विकासलाई स्वास्थ्य बनाइयो
एस.पी. खबर विशेष

मधेश सरकार मन्त्रालयको नाममा व्यापक हेरफेर, समाजिक विकासलाई स्वास्थ्य बनाइयो

6 hours ago
पालिकाका पदाधिकारीहरुलाई लैङ्गिकमैत्री निती र बजेट बारे अभिमुखिकरण
मधेश प्रदेश

पालिकाका पदाधिकारीहरुलाई लैङ्गिकमैत्री निती र बजेट बारे अभिमुखिकरण

7 hours ago
रंगशाला निर्माणको प्रचार प्रसारका लागि जनकपुरधाममा मेयर कप २०७९
एस.पी. खबर विशेष

रंगशाला निर्माणको प्रचार प्रसारका लागि जनकपुरधाममा मेयर कप २०७९

9 hours ago
गोलबजारका मेयर श्रेष्ठमाथि कालो मोविल छ्यापेको आरोपमा एकजना पक्राउ
अन्य

गोलबजारका मेयर श्रेष्ठमाथि कालो मोविल छ्यापेको आरोपमा एकजना पक्राउ

11 hours ago
धनुषाको रघुनाथपुरमा १२ दिवसीय धार्मिक नवाह परायणको शुभारम्भ, भव्य कशलयात्रा
एस.पी. खबर विशेष

धनुषाको रघुनाथपुरमा १२ दिवसीय धार्मिक नवाह परायणको शुभारम्भ, भव्य कशलयात्रा

1 day ago
मधेश केन्द्रित साना ४ दलद्वारा लोकतान्त्रिक मधेशी मोर्चा गठन
एस.पी. खबर विशेष

मधेश केन्द्रित साना ४ दलद्वारा लोकतान्त्रिक मधेशी मोर्चा गठन

1 day ago
‘वर्ल्ड स्कुलको नेपाल टुर’ जनकपुरधाममा शैक्षिक कार्यक्रम गर्ने
मधेश प्रदेश

‘वर्ल्ड स्कुलको नेपाल टुर’ जनकपुरधाममा शैक्षिक कार्यक्रम गर्ने

1 day ago
नेपालमै पहिलो पटक चन्द्रनगरमा गाउँपालिकामै कृषि मिटर वितरण
आर्थिक

नेपालमै पहिलो पटक चन्द्रनगरमा गाउँपालिकामै कृषि मिटर वितरण

1 day ago
मधेशमा परीक्षाहरुलाई मर्यादित बनाउनुको विकल्प छैन : मन्त्री यादव
एस.पी. खबर विशेष

मधेशमा परीक्षाहरुलाई मर्यादित बनाउनुको विकल्प छैन : मन्त्री यादव

1 day ago
चैती छठको जनकपुरधाममा धुमधाम, आज सौझका अर्घ भोली विहान पारण
एस.पी. खबर विशेष

चैती छठको जनकपुरधाममा धुमधाम, आज सौझका अर्घ भोली विहान पारण

1 day ago

ताजा समाचार

मधेश सरकार मन्त्रालयको नाममा व्यापक हेरफेर, समाजिक विकासलाई स्वास्थ्य बनाइयो

पालिकाका पदाधिकारीहरुलाई लैङ्गिकमैत्री निती र बजेट बारे अभिमुखिकरण

रंगशाला निर्माणको प्रचार प्रसारका लागि जनकपुरधाममा मेयर कप २०७९

गोलबजारका मेयर श्रेष्ठमाथि कालो मोविल छ्यापेको आरोपमा एकजना पक्राउ

धनुषाको रघुनाथपुरमा १२ दिवसीय धार्मिक नवाह परायणको शुभारम्भ, भव्य कशलयात्रा

बिद्यार्थी संगठनहरु द्वारा क्याम्पस लाइ २४ घन्टे अल्टिमेटम

मधेश केन्द्रित साना ४ दलद्वारा लोकतान्त्रिक मधेशी मोर्चा गठन

स्पेशल मिडिया नेपाल प्रा.लि.
जनकपुरधाम, मधेश प्रदेश
9844126588
 [email protected]
सूचना विभाग दर्ता नं: ३१५०-२०७८/७९

प्रधान सम्पादक/सञ्चालक
पुरन साह
सम्पादक
दिपेन्द्र कुमार साह
संवाददाता
संजय कुमार साह
चाँदनी झा
पुष्पा यादव

Facebook Twitter Youtube Pinterest

© 2020 SP KHABAR || Powered By ProTech Media || Privacy Policy