एजेन्सी, साउन ३१ : भारतीय क्रिकेट टीमका पूर्व कप्तान महेन्द्र सिँह धोनी र सुपरहिट ब्याटसम्यान सुरेश रैना एकैदिन आज अन्तराष्ट्रिय क्रिकेटवाट सन्यासको घोषणा गरेका छन् । अबको अन्तराष्ट्रिय क्रिकेटमा उनीहरु नखेल्ने गरी सन्यास लिएका हुन । यद्यपी, उनीहरु घरेलु भारतमै आयोजन हुँदै आएको ईण्डियन प्रिमियर लिग (आईपिएल) भने खेल्ने बुझिएको छ ।
भारतको ७४ औं स्वतन्त्रता दिवसकै दिन दुवै दिग्गज क्रिकेटर सन्यास लिएपछि उनका प्रशंसकहरुमा निरासा छाएको छ । महेन्द्र सिँह धोनीले आफ्नो ईन्स्टाग्राम पोष्ट मार्फत आफूले अब कुनै पनि अन्तराष्ट्रिय क्रिकेट नखेल्ने घोषणा गरेका हुन् ।
‘तपाई सबैको प्रेम, स्नेह र समर्थनको लागि धेरै धेरै धन्यवाद, आज साँझ ७ बजेर २९ मिनेटदेखि मलाई क्रिकेटबाट रिटायर सम्झन सक्नु हुनेछ ।’ धोनीले आफ्नो इंस्टाग्राम पोस्टमा लेखेका छन् । पोष्टसँगै धोनीले एक भिडियो समेत शेयर गरेका हुन् ।
३९ बर्षिय धोनी टेष्ट क्रिक्रेटबाट यसअघि नै सन्यास लिइसकेका थिए । यद्यपी उनले वनडे र टी–२० मा भारतीय क्रिकेट टिमको हिस्सा बन्दै आएका थिए । तर, धोनी अब अन्तराष्ट्रिय क्रिकेटबाट सन्यासको घोषणा गरिदिएका छन् । बिसिसिआई अध्यक्ष सौरभ गाँगुलीलाई उनले सन्यास लिएको चिठी समेत लेखिसकेका छन् ।
यस्तै, धोनीले सन्यास लिएको केही बेरमै प्रसिद्ध क्रिकेटर आक्रमक बल्लेवाज सुरेश रैना पनि आजै अन्तराष्ट्रिय क्रिकेटबाट सन्यास लिएको घोषणा गरेका छन् । भारतीय टिमको बल्लेबाज ( ब्याटमान) सुरेश रैनाले ट्वीट गरी आफ्नो रिटायरमेन्टको घोषणा गरेका हुन् ।