एसपी रिपोर्टर
जनकपुरधाम, साउन २८ : कोरोना संक्रमणवाट निधन भएका जनकपुरधामका पुर्व मेयर तथा होटल रामाका सञ्चालक कृष्ण गिरीको निधन प्रति जनकपुरधामकै पुर्व मेयर बजरंग प्रसाद साहले दुःख र शोक व्यक्त गरेको छ । एसपी खवरसंगको कुराकानीमा साहले स्व. गिरीका साथै उनका पिता स्व. गौरी नारायण गिरी (डिठ्ठा) साहेवको समेत समाजमा गरिएको लगानी स्मरण गरेका छन् ।
उनले भने, ‘स्व. गिरी जनकपुरधाम परिवार नियोजन संघको निरन्तर धेरै वर्ष नेतृत्व गरि कुशल अभिभावकत्व प्रदान गर्नु भो, साथै महेन्द्रनगर स्थित उच्च माविको समेत निर्माणकाल देखि व्यवस्थापन समितिको अध्यक्ष समेत भए लामो समय उहाँले सेवा गर्नु भएको छ ।’ समाजमा लगानी र कुशल अभिभावकत्वकै कारण गिरी परिवारको स्मरण हुने गरेको भन्दै उनले जनकपुरधामका लागि अपुरणिय क्षती भएको बताए । पुर्व मेयर साहले तत्कालिन जनकपुर नगरपालिकाका मेयर हुँदा समेत स्व. गिरी कुशलता पुर्वक कार्य सम्पादनको काम सफलता पुर्वक गर्न सफल भएको नेतृत्व भन्दै स्व. गिरीलाई स्मरण गरेका छन् ।
स्वयम समेत कांग्रेसका नेता समेत रहेका पुर्व मेयर साह समाजसेवी गिरीको निधनले कांग्रेस, जनकपुरधामको समाज र व्यक्तिगत शुभचिन्तक रहेकाले आफुलाई समेत अपुरणीय क्षती भएको भन्दै ‘स्व. गिरीको आत्मको चिर शान्तिको लागि माता जानकी संग प्राथना गर्दै शोकाकुल परिवारजन प्रति हार्दिक समवेदना प्रकट गरेका छन् ।