एसपी रिपोर्टर
जनकपुरधाम, साउन २८ : कोरोना संक्रमणवाट जनकपुरधामका पुर्व मेयर तथा होटल रामाका सञ्चालक कृष्ण गिरीको निधन प्रति कांग्रेस उपसभापति विमलेन्द्र निधीले शोक र दुःख व्यक्त गरेको छ । मृत्यु भएको खवरले आफु स्तब्ध भएको निधीले विज्ञप्ती जारी गरि भनेको छ । विज्ञप्तीमा भनिएको छ, ‘जनकपुरधामका चर्चित समाजसेवी तथा नेपाली कांग्रेसका नेता गिरीको असमायिक निधनको खवरले म स्तब्ध भएको छु ।’
निधिले आफनो विज्ञप्तीमा भनेका छन, ‘मेरो हजुरबुवा स्व. राजेश्वर निधी, पिता स्व. महेन्द्र नारायण निधी तथा स्व. गिरीका पित स्व. गौरी नारायण गिरी (डिठ्ठा) साहेवको पाला देखिनै हाम्रो पारिवारिक गहिरो र आत्मिय सम्बन्ध रहेको छ ।’ राजनितिक र पारिवारिक रुपमा समेत उहाँ संगको सम्बन्ध एक दमै सम्मानजनक रहेको निधीले स्मरण गरेका छन् । समाजसेवी गिरीको निधनले कांग्रेस, समाज र व्यक्तिगत आफुलाई समेत अपुर्णिय क्षती भएको भन्दै ‘स्व. गिरीको आत्मको चिर शान्तिको लागि माता जानकी संग प्राथना गर्दै शोकाकुल परिवारजन प्रति हार्दिक समवेदना प्रकट गर्दछु’ निधीको विज्ञप्तीमा उल्लेख छ ।