जनकपुरधाम , फाल्गुन २१ गते ।
विगत एक महिना देखि जिल्ला प्रशासन कार्यालयमा नागरिकताका लागि आउने एक जना एक्कल महिलालाई धनुषाका प्रमुख जिल्ला अधिकारीको निर्देशनमा बुधवार नागरिकता प्रमाणपत्र प्रदान गरिएको छ ।
सानै उमेरमा श्रीमान गुमाएका र कोही सनाखत नगरेपछि प्रमुख जिल्ला अधिकारी प्रदिपराज कणेलको निर्देशनमा धनुषा जिल्लाको क्षिरेश्वर नगरपालिकाको वडा नंं ७ तारापट्टी घर भएकी प्रमिला देवीलाई नागरिकता प्रदान गरिएको छ । उनलाई आफन्तले सनाखत नगरेपछि गाउँका अन्य व्यक्तिलाई बोलाएर सनाखत गर्न लगाई नागरिकता दिने कामकाज भएको छ ।
संघीय सरकारका युवा तथा खेलकूद मन्त्रालयका सचिव रामप्रसाद थपलियाले बनेको नागरिकता प्रमाणपत्र तथा एक थान कम्बल प्रदान गर्नु भएको थियो । नागरिकता पाएका महिला निक्कै खुशी भएकी थिईन् । साथै प्रमुख जिल्ला अधिकारी प्रदिपराज कणेललाई धन्यवाद पनि दिईन् ।