FOLLOW US
SP khabar
  • गृहपृष्ठ
  • राजनीति
  • मधेश प्रदेश
  • राष्ट्रिय
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • आर्थिक
  • अन्य
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • एसपी खबर तस्वीर
SP TV
  • गृहपृष्ठ
  • राजनीति
  • मधेश प्रदेश
  • राष्ट्रिय
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • आर्थिक
  • अन्य
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • एसपी खबर तस्वीर
SP TV
No Result
View All Result

२० वर्षीया लामा हरेक अस्पताल भौतारिए तर उपचार होइन हात लाग्यो मृत्यु

२० वर्षीया लामा हरेक अस्पताल भौतारिए तर उपचार होइन हात लाग्यो मृत्यु

एसपी रिपोर्टर
पर्सा, साउन २४ :
दमका बिरामी उनी । शुक्रबार राति एक्कासि सास फेर्न गाह्रो हुँदै आयो । हल्का ज्वरो पनि थिया े। तर, न एम्बुलेन्स आए न त अस्पतालले भर्ना लियो । अटो रिक्सामा अस्पतालको चक्कर लगाउँदा लगाउँदै वीरगन्जकी २० वर्षीया युवतीको ज्यान गयो ।

वीरगन्ज महानगरपालिका वडा २ छपकैया निवासी ती युवती (विष्णु लामा) लाई उपचारका लागि वीरगन्जका कुनै पनि अस्पतालले भर्ना लिन मानेन । लामो समयदेखि दमको रोगबाट पीडित उनलाई साउन २१ गतेदेखि सामान्य ज्वरो आएको थियो । उनलाई ज्वरो आएपछि स्थानीय औषधी पसलबाट औषधी लिएर खाएपछि ज्वरो निको भयो । तर साउन २३ गते शुक्रबार राति एक्कासि फेरि ज्वरो आउनुका साथै सास फेर्न समस्या हुन थाल्यो ।

छिमेकीसमेत रहेका उपभोक्ता हित संरक्षण मन्च वीरगन्ज महानगर समितिका अध्यक्ष अजित भुजेलले अस्पताल लैजान एम्बुलेन्सलाई फोन गर्न थाले तर कुनै एम्बुलेन्सले फोन उठाएन । लामाको अवस्था जटिल बन्दै गइरहेको थियो । अध्यक्ष भुजेलले एम्बुलेन्स फोन उठाएन भनेर खोज्दै मेनरोडमा आए तर पाएनन् एम्बुलेन्स। पछि एउटा अटो रिक्सा भेटियो ।

लामा र उनका दुईजना आफन्तलाई बसाएर अस्पतालतर्फ पठाइदिए । उनीहरू पहिला वीरगन्जको एडभान्स अस्पताल, तराई अस्पताल, भवानी अस्पताल, बयोधा अस्पताल, नेसनल मेडिकल कलेज शिक्षण अस्पताल, कोभिड अस्पतालका रूपमा सञ्चालित रहेको गण्डक अस्पताल लगियो तर कुनै पनि अस्पतालले भर्ना गरेर उपचार गर्न मानेन । लामालाई लिएर उनको परिवारले अस्पतालको गोलचक्कर लगाउँदा लगाउँदै थाकेर फेरि आफ्नो छिमेकी भुजेललाई फोन गरे । अस्पतालहरूले भर्ना गरेर उपचार नदिएपछि अलपत्र परेकी ती युवती अस्पताल गेटअगाडि नै उपचार नपाउँदा छट्पटाइरहेकी थिइन् ।

उनका सहयोगी छिमेकी भुजेलले सामाजिक सन्जालमा उद्दारका लागि गुहार गरेपछि जनता समाजवादी पार्टीका पर्सा जिल्ला सचिव तबरेज अहमदको सहयोगमा उद्दार गरियो । उनले लामाको परिवारलाई सरकारमातहतमा रहेको नारायणी अस्पतालमा पुग्नु म नि आउँदै छु भनेर फोन राखे । नेता अहमद र छिमेकी भुजेल नारायणीमा पुगे, तर त्यहाँ पनि भर्ना गर्न मानेन ।

नारायणीका डाक्टरले हामीकहाँ आकस्मिक बाहेकका सेवा बन्द गरिएको छ, हामी भर्ना लिन सक्दैनौं, तपाईहरू छिटो निजी अस्पतालमा जानुस् भने । फेरि त्यहाँबाट अटो रिक्सामा राखेर वीरगन्जको भवानी, नेसनल मेडिकल कलेज, तराईमा लगियो तर सबैले एउटै कुरा भन्यो पिसिआर रिपोर्ट छ भने हामी भर्ना गर्छौं, छैन भने गर्दैनौं भने । तर युवती लामासँग पिसिआर रिपोर्ट थिएन । गण्डकस्थित नारायणी अस्थायी कोरोना विशेष अस्पताल वीरगन्ज हेल्थकेयर अस्पतालमा लामालाई लगियो तर त्यो अस्पतालले पनि भर्ना गरेन । त्यहाँ पनि त्यस्तै भन्यो । पिसिआर रिपोर्टबिना कसरी कोरोना बिरामी राख्ने भन्यो ।

नेता अहमदले अर्को नारायणी अस्थायी कोरोना विशेष अस्पतालका रूपमा सञ्चालित गण्डक अस्पतालका सयोजक डा. उदयनारायण सिंहको समन्वयमा राति १ बजे नै उपचारको अभावमा छट्पटाइरहेकी ती युवतीलाई अटो रिक्सामा राखेर गण्डकमा पुयाएका थिए । तर उपचारका लागि अस्पतालभित्र पु(याउन नपाउँदै लामाको ज्यान गयो ।

अन्तमा गण्डक विशेष कोभिडमा ती युवतीको निधन भएको जसपाका नेता तबरेज अहमदले जानकारी गराए । कोरोना महामारीमा वीरगन्जमा चिकित्सक, स्वास्थ्यकर्मीमा धमाधम संक्रमण देखिएपछि वीरगन्जका असपतालहरूले बिरामीलाई भर्ना लिन नमानेपछि दुई दिनमा तीनजनाले ज्यान गुमाएको नेता अहमदले जानकारी गराए । उनले प्रश्न गरे, ‘मेरो आँखाअगाडि लामाले ज्यान गुमाइन् । यसको दोषी को हो त सरकार ?

अहमदले राति १० बजेदेखि एडभान्स अस्पतालबाट सुरु भएको उपचार यात्रा वीरगन्जका सबै अस्पतालको गोलचक्कर लगाउँदा लगाउँदै गर्दा रातको २ बजेर १२ मिनेटमा जीवनयात्रा नै सकिएको देख्नुपरेको बताए । जिल्ला प्रशासन कार्यालय पर्साले केही दिनअघि मात्र बिरामीलाई भर्ना नलिने अस्पताललाई कारबाही गर्ने निर्णय गरेको थियो । अस्पतालले आइसोलेसन वार्ड बनाउने र कोभिड रिपोर्टका संक्रमित भएकालाई मात्र कोभिड अस्पतालमा रेफर गर्ने र अन्यलाई उपचार गर्ने निर्देशन जारी गरेको थियो ।

निर्देशन जारी गरेको तीन दिनमा तीनजनाको उपचार नपाएर मृत्यु भइसकेको छ । मृतक युवतीका श्रीमान विदेशमा छन् । उनी चार वर्षे बच्चासहित छपकैयामा डेरा लिएर बस्दै आएकी थिइन् । गण्डक अस्पतालले कोरोना भाइरस परीक्षणका लागि मृतक लामाको स्वाब संकलन गरी नारायणी अस्पतालको प्रयोशालामा पठाइएको छ । त्यसको पिसिआर रिपोर्ट आउन भने बाँकी रहेको अस्पतालले जनाएको छ ।

नेशनललाई कोभिड–१९ अस्पताल बनाउने निर्णय

कोरोना भाइरसको संक्रमण बढेसँगै जिल्ला संकट व्यवस्थापन केन्द्र, पर्साले नेसनल मेडिकल कलेजलाई कोभिड(१९ अस्पताल बनाउने निर्णय गरेको छ । समितिको शनिबार बसेको बैठकले हाल सञ्चालनमा रहेका कोभिड(१९ अस्पतालहरूमा वेड अभाव भएकाले नेसनललाई कोभिड अस्पताल बनाउन केन्द्रीय संकट व्यवस्थापन केन्द्र र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई सिफारिस गरेको हो ।

बैठकले लक्ष्मण नभएका तथा सामान्य लक्षण भएका संक्रमितलाई राख्न सामुदायिक आइसोलेसन सेन्टर सञ्चालन गर्ने निर्णय समेत गरेको छ । सदरमुकाम बाहिर पनि संक्रमण फैलिएकाले जटिल लक्षण भएका संक्रमितलाई मात्र वीरगञ्ज ल्याउने र अरुलाई स्थानीय तहले सामुदायिक आइसोलेन सेन्टर स्थापना गर्ने व्यवस्थापन गर्ने निर्णय पनि बैठकले गरेको छ ।

बिरगंजका पत्रकार आरोहन साहको सहयोगमा

फेसबुकबाट तपाईको प्रतिक्रिया !

SP KHABAR

SP KHABAR

एसपी खवर मधेश प्रदेशबाट सम्प्रेशन हुने देशकै लोकप्रिय अनलाईन पत्रिका हुन ।

सम्बन्धित समाचार

अवैध रुपमा ल्याइने कुखुराको ओसार पोसारमा रोक लगाउन माग
अन्य

अवैध रुपमा ल्याइने कुखुराको ओसार पोसारमा रोक लगाउन माग

14 hours ago
मन्त्रालय तानिए प्रादेशिक अस्पतालका निर्देशक डा.यादव
एस.पी. खबर विशेष

मन्त्रालय तानिए प्रादेशिक अस्पतालका निर्देशक डा.यादव

15 hours ago
फेनिक्स अन्तर कलेज स्त्तरीय क्रिकेट प्रतियोगिताको उपाधि मोनाष्टिकले जित्यो
एस.पी. खबर विशेष

फेनिक्स अन्तर कलेज स्त्तरीय क्रिकेट प्रतियोगिताको उपाधि मोनाष्टिकले जित्यो

15 hours ago
म सोझो मान्छे, चतुर होइन, मन्त्री परिषदमा जान्न : उपेन्द्र यादव
एस.पी. खबर विशेष

म सोझो मान्छे, चतुर होइन, मन्त्री परिषदमा जान्न : उपेन्द्र यादव

16 hours ago
जनकपुरधाम ११ का वडा अध्यक्ष र सचिव घुस सहित अख्तियारको फन्दामा
अपराध

जनकपुरधाम ११ का वडा अध्यक्ष र सचिव घुस सहित अख्तियारको फन्दामा

2 days ago
बन्ने भयो सुकुम्वासी माझीको घर, भूमि पुजन हुँदा मुहारमा हाँसो
एस.पी. खबर विशेष

बन्ने भयो सुकुम्वासी माझीको घर, भूमि पुजन हुँदा मुहारमा हाँसो

2 days ago
मधेश सरकारको छ करोडको झोला, ९ कक्षा विद्यार्थीको दर्जन किताव बोक्ने क्षमताको होला ?
एस.पी. खबर विशेष

मधेश सरकारको छ करोडको झोला, ९ कक्षा विद्यार्थीको दर्जन किताव बोक्ने क्षमताको होला ?

2 days ago
राजविराज क्याम्पसमा भएको स्ववियु निर्वाचन खारेज गर्नुपर्छ : निधी
एस.पी. खबर विशेष

राजविराज क्याम्पसमा भएको स्ववियु निर्वाचन खारेज गर्नुपर्छ : निधी

2 days ago
भारतिय प्रम मोदीले घोषणा गरेको सय करोडले रंगशाला बनाउछु : मुख्यमन्त्री
एस.पी. खबर विशेष

भारतिय प्रम मोदीले घोषणा गरेको सय करोडले रंगशाला बनाउछु : मुख्यमन्त्री

2 days ago
मधेशको सामुदायिक भवनमा साक्षरता सेनानीले पढाउने अभियान ल्याउँछु : डा. राउत
एस.पी. खबर विशेष

मधेशको सामुदायिक भवनमा साक्षरता सेनानीले पढाउने अभियान ल्याउँछु : डा. राउत

3 days ago

ताजा समाचार

अवैध रुपमा ल्याइने कुखुराको ओसार पोसारमा रोक लगाउन माग

मन्त्रालय तानिए प्रादेशिक अस्पतालका निर्देशक डा.यादव

फेनिक्स अन्तर कलेज स्त्तरीय क्रिकेट प्रतियोगिताको उपाधि मोनाष्टिकले जित्यो

म सोझो मान्छे, चतुर होइन, मन्त्री परिषदमा जान्न : उपेन्द्र यादव

जनकपुरधाम ११ का वडा अध्यक्ष र सचिव घुस सहित अख्तियारको फन्दामा

बन्ने भयो सुकुम्वासी माझीको घर, भूमि पुजन हुँदा मुहारमा हाँसो

मधेश सरकारको छ करोडको झोला, ९ कक्षा विद्यार्थीको दर्जन किताव बोक्ने क्षमताको होला ?

स्पेशल मिडिया नेपाल प्रा.लि.
जनकपुरधाम, मधेश प्रदेश
9844126588
 [email protected]
सूचना विभाग दर्ता नं: ३१५०-२०७८/७९

प्रधान सम्पादक/सञ्चालक
पुरन साह
सम्पादक
दिपेन्द्र कुमार साह
संवाददाता
संजय कुमार साह
चाँदनी झा
पुष्पा यादव

Facebook Twitter Youtube Pinterest

© 2020 SP KHABAR || Powered By ProTech Media || Privacy Policy