एसपी रिपोर्टर
जनकपुुरधाम, साउन २४ : कोरोना कहरमा पनि कांग्रेसीलाई महाधिवेशनले तताएको छ । पार्टीका वर्तमान केन्द्रिय उपसभापति विमलेन्द्र निधी सभापतिको उम्मेदवार हुने चर्चा चरिरहेकै वेला धनुषाका अर्का नेता महेन्द्र यादवले आफु सहमहामन्त्रीमा इच्छुक रहेको बताए पछि धनुषामा महाधिवेशनको सरगर्मी चढेको छ ।
तर कतिपयले भने यादवले हतार गरेको बताउछन् । एक सञ्चार माध्यममा यादवको सो आशयको अन्तवार्ता प्रकाशन भएपछि नाम उल्लेख नगर्ने सर्तमा एक नेता भन्छन, ‘निधी सभापतिमा आउने चर्चाका बिच सोहि जिल्लाका नेताले आफनो महत्वकांक्षा जाहेर गर्नु गलत हो ।’ एकै जिल्लावाट महत्वकांक्षी बढि भए सवै पद गुम्ने सक्ने सम्भावनालाई नेताहरुले बुझनु पर्दछ ।
कोरोना कहरमा बिच महाधिवेशन चढेपछि कांग्रेसमा उम्मेदवारहरुको चर्चा परिचर्चा सुरु हुन थालेको छ । सभापतिमा दर्जनौं आकांक्षी मध्ये निधि एक मात्र मधेशी अनुहार हो । तर देउवा आफै उम्मेवार हुने अवस्था आए निधी ब्याक हुने पनि कतिपयको भनाई छ । यादव भने बाल कृष्ण खाँड निकट मानिन्छन् ।