एसपी रिपोर्टर
जनकपुरधाम, साउन २३ : धनुषाको गणेशमान चारनाथ नगरपालिकाको बरमझियामा पक्राउ परेको तिन ट्रयाक्टर अबैध काठमा आफनो नाम जोडिएकोमा सवैलाका मेयर विजय शंकर प्रसाद साहले आपती जनाएका छन् । तर केहि स्थानियले भने मेयरको घर बनिरहेकाले उनले चुपचाप काठ ल्याइरहेको आरोप लगाइरहेका छन् ।
एसपी खवरसंग कुराकानी गर्दै मेयर साहले भने, ‘मेरो घर बन्दै छ भन्दैमा पक्राउ पर्ने काठ सवै मेरै हुन्छ ?’ पक्राउ परेको काठको सम्बन्धित मान्छे आफनो सम्पर्कमा रहेको समेत उनले बताए । तर उनले नाम भने खोल्न चाहेनन । उनले भने, ‘केलहुवामोडको कुनै व्यक्तिको काठ हो भने कुरा जानकारीमा आएको छ, छानविन हुदैछ थाहा भइहाल्छ नी ।’ बरमझिया प्रहरी चौकीले सो तिनवटा ट्रयाक्टरमा लोड रहेको काठ डिभिजन बन कार्यालय धनुषाको जिम्मा लगाइसकेको छ ।

डिभिजन बन अधिकृत अशोक कुमार झाले जो सुकैको काठ भएपनि काठ अवैध रहेको प्रमाणित भइसकेकाले कारवाही हुने बताए । उनका अनुसार तिनवटा ट्रयाक्टरमा लोड रहेको सिसो र टिक गरि ८८ थान गरि कुल २ सय १३ क्युवी फिट काठ सहित तिनवटै ट्रयाक्टरका चालकहरुसंग अनुसन्धान भइरहेको छ । उनीहरुले केहि नबोले ट्रयाक्टरधनीलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिने छ ।