एसपी रिपोर्टर
जनकपुरधाम, साउन २२ : प्रदेश २ का आन्तिरक मामिला तथा कानुन मन्त्री ज्ञानेन्द्र कुमार यादवमा संक्रमण देखिएपछि प्रधानमन्त्री ओली गृहमन्त्री सहित सातवटै प्रदेशका आन्तिरक मामिला मन्त्रीको समेत परिक्षण गर्नुपर्ने हुन्छ । संक्रमण भएको भनिएका मन्त्री एक साता अगाडि प्रम ओली, गृहमन्त्री रामबहादुर थापा सहित सातवटै प्रदेशका आन्तिरक मामिला मन्त्री, सचिव र आइजिपी सहितको बैठकमा सहभागि भएका थिए ।
बैठक भएको सात दिन पछि नै मन्त्री यादवमा संक्रमण भएको समाचार आएपछि बैठकमा सहभागि सवैमा कोरोनाको जोखिमको सम्भावना हुन सक्ने छ । नेपाली राजनितिमा मन्त्री स्तरमा सवै भन्दा पहिलो कोरोना संक्रमण देखिने प्रदेश २ वाटै मन्त्री यादव भएका छन् ।