एसपी रिपोर्टर
जनकपुरधाम, साउन २१ : भारत उतर प्रदेशको अयोध्यामा निर्माण हुन लागेको भब्य श्री राम मन्दिरको भूमि पूजन भएकोमा प्रदेश २ को अस्थाई राजधानी जनकपुरधाममा हर्ष छाएको छ । जनकपुरधाम उपमहा नगरवासीहरु यस शुभ अवसरमा साँझ दिप प्रज्वलन गरि भारत सरकारलाई बधाई तथा शुभकामना व्यक्त गर्दै खुसी व्यक्त गरेको छ ।
श्री जानकी मन्दिर, मन्दिरको प्राङ्गण सहित जनकपुरधामको मठ मन्दिर, चौक चौराहा र घरमा समेत स्थानियवासीहरु दिप प्रज्वलन गरि खुसीयाली मनाएको छ । अयोध्याका राजकुमार भगवान श्री राम र मिथिलाकी राजकुमारी माता जानकीसंगको सम्बन्धका कारण युगौ युग देखि स्थापित सम्बन्धका कारण भूूमि पूजनले मिथिलावासीलाई समेत खुसी तुल्याएको हो । छोरीको ससुरालीमा हुने कुनै पनि शुभ र भब्य कार्यमा माइतीको खुसी स्वभाविक हो ।
साथै अयोध्यामा शिल्यानासका लागि तोकिएको शुभ साइत विहान ११ बजे देखि १ बजे सम्म जानकी मन्दिरमा साधुसन्तहरुले रामधुनी सिताराम नाम भजन किर्तनको आयोजना समेत गरिएको छ । साँझ जानकी मन्दिर सहित जनकपुरधामको राम मन्दिर, शिवमन्दिर लगायत जानकी चौक, जनकचौक शिवचौक र रामचौक सहितको मन्दिरहरुमा समेत दिपोत्सव गर्न जानकी मन्दिरले यस अघिनै आवहान गरेको थियो ।