एसपी रिपोर्टर
जनकपुरधाम, साउन २१ : भारत उतर प्रदेशको अयोध्यामा निर्माण हुन लागेको भब्य श्री राम मन्दिरको भूमि पूजन भएकोमा प्रदेश २ सरकार खुसी व्यक्त गर्दै भारत, अवध, मिथिला सहित विश्वका सम्पुर्ण हिन्दुहरुमा शुभकामना र बधाई व्यक्त गरेको छ ।
प्रदेश २ सरकारका प्रवक्ता आन्तिरक मामिला तथा कानुन मन्त्री ज्ञानेन्द्र यादवले अयोध्याका राजकुमार भगवान श्री राम र मिथिलाकी राजकुमारी माता जानकीसंगको सम्बन्धका कारण युगौ युग देखि स्थापित सम्बन्धका कारण भूूमि पूजनले मिथिलावासीलाई समेत खुसी तुल्याएको बताउछन् । उनले भने, ‘ प्रदेश २ सरकारको तर्फवाट म सम्पुर्णमा शुभकामना तथा हार्दिक बधाई व्यक्त गर्दछु ।’
एतिहाँसिक मिथिलाको अधिकांश भाग प्रदेश २ मा नै छ, यस कारणले समेत रामललाको मन्दिर निर्माणले हामी खुसी छौं, उनले भने, ‘पौरानिक सम्बन्धको तपाँइ हामी एक पात्र भएकाले समेत आज मिथिलावासीको लागि समेत खुसीको दिन हो ।’ छोरीको ससुरालीमा हुने कुनै पनि शुभ र भब्य कार्यमा माइतीको खुसी स्वभाविक रहेको उनको तर्क छ ।