पुरन रौनियार
जनकपुरधाम, साउन २१ : भारतिय प्रधानमन्त्री नरेन्द्र मोदीले भगवान हनुमान जस्तै आफुलाई पनि भगवान श्री रामको काम गर्दा प्रशंता हुने गरेको बताएका छन् । हनुमान जस्तै आफु भगवान श्री रामको यस कार्यका लागि सन १९९१ मा गरेको औपचारिक प्रण आज २९ वर्ष पछि पुरा भई आफु हर्षित भएको उनको भाव थियो । उनले भने, ‘राम काज किनु बिनु मोही कहाँ विश्राम ?’
मोदीको भाषण हेर्नोस
भारत उतर प्रदेशको अयोध्यामा बहुप्रतिक्षित श्री राम मन्दिर निर्माणका लागि भएको भुमि पुजन एवं कार्यारम्भ स्मारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन । उनले आफु हनुमान गढी समेत पुगेर पुजापाठ र दर्शन गरेको उल्लेख गर्दै भारतवर्ष सहित विश्वका हिन्दु र न्यायप्रेमी जनसमुदाय भावुक र श्री राममय बनेको उनको तर्क छ । सदियौको प्रतिक्षा आज समाप्त भएको उनले बताए ।
उनले भने, ‘करौडौंले आफु यस धर्तीमा छदै यो दिन हेर्न लालायित थिए, टुटनु देखि आज उठनु सम्मको प्रतिक्षा र धैर्यलाई सम्मान गर्दछु ।’ उनले पटक पटक जय सियारामको उच्चारण आफु पनि गरे र सवैलाई गर्न लगाए । उनले माता जानकी बिना राम अधुरा रहेको भाव दर्शाए । उनको भाषण सुनि रहँदा उतर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ, राम मन्दिरका मुख्य पुजारी नृत्य गोपालदास जी महाराज र आरएसएसका मोहनराव भागवत सहित खुसी देखिन्थे ।
राजयपाल आनंदीबेन पटेल समेत सहभागि रहेको समारोहमा मोदीले सर्वाधिक मुस्लिमहरुके आवादी रहेको इन्डोनेशियामा सहित इरान, चिन, मलेशिया, श्रीलंका सहितका दर्जनौंं देशहरुको नाम लिदै भगवान श्री रामको साथै माता जानकीको समेत पुजा र रामायणको चर्चा परिचर्चा हुने गरेको स्मरण गराए ।
अयोध्या स्थित रामललाको प्रतिमा अगाडि धर्तीमा दण्डवत भई भगवान श्री रामलाई ढोगेको उनको दृश्य पनि सवार्धिक लोकप्रिय बनेको छ ।