एसपी रिपोर्टर
जनकपुरधाम, साउन २० : प्रदेश २ का विभिन्न ६ जिल्ला सहित सर्लाहीमा समेत निषेधाज्ञा जारी गरिएको छ । निषेधाज्ञा हुने सर्लाही प्रदेशका ७ औं जिल्ला पर्न गएका हुन ।
कोरोना संक्रमणलाई मध्यनजर गर्दै यसअघि प्रदेश २ को बारा, पर्सा र सप्तरी जिल्लाभर निषेधाज्ञा जारी भएको समय सर्लाहीमा समेत भोली विहान ६ बजेदेखि जिल्लाभरि लागु हुने गरि एक हप्ताको लागि निषेधाज्ञा जारी गरिएको सर्लाहीका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले जानकारी दिए ।
नेपाल सरकारले संक्रामक रोग ऐन २०२० को दफा २ ले दिएको अधिकारको प्रयोग गरी कोरोना भाइरसको सम्भावित संक्रमण रोकथाम तथा जनस्वास्थ्यलाई खराब असर पर्ने सम्भावनालाई दृष्टिगत गरी जिल्ला सुरक्षा समिति, कोरोना संकट व्यवस्थापन केन्द्र तथा जिल्ला विपद व्यवस्थापन समिति सर्लाहीको सिफारिस बमोजिम साउन २१ गते विहान ६ बजेदेखि साउन २७ गते राति १२ बजे सम्म लागुहुनेगरि निषेधाज्ञा जारी गरिएको प्रमुख जिल्ला अधिकारी पौडेलले बताए ।