एसपी रिपोर्टर
जनकपुरधाम, साउन १७ : प्रतिनिधि सभा सदस्य प्रमोद साहले जनकपुरधामको धार्मिक सांस्कृतिक महत्वका सम्पदाहरु बचाउन यहाँको युवाहरुले खेलेको भुमिका सराहनीय रहेको बताएका छन् । जनकपुरधाम उपमहानगरपालिका वडा नं. ७ स्थित अष्ट भैरव स्थानमा भैरव युवा कमिटीद्वारा आयोजित अषाढी पूजनोत्सव कार्यक्रममा साँसद साहले यहाँकै युवाहरुको कारण एतिहाँसिक धार्मिक सम्पदाहरुको बाँचेको बताए । उनले युवाहरुलाई धन्यवाद दिदै भने, ‘मठ मन्दिर संरक्षण र सौन्दर्यीकरण तथा जनकपुरधामको गरिमा उजागर हुनुमा यहाँकै युवाहरुको अहम भुमिका रहको छ ।’

जनकपुरधाम धार्मिक स्थल भएपनि राज्य उदासिन भएकाले उचित विकास हुन नसकेको उनको तर्क थियो । कमिटीका संस्थापक अध्यक्ष धर्मेन्द्र साहको अध्यक्षतामा भएको अषाढी पूजनोत्सवमा कमिटीले साँसद साहको हातवाट धार्मिक, सांस्कृतीक, समाजिक र पत्रकारिता सहित विभिन्न क्षेत्रमा योगदान पुरयाए वापत विभिन्न व्यक्तित्वहरुलाई सम्मान समेत गरेको छ ।

वडा अध्यक्ष जानकी राम साह, वडा नं. १ का अध्यक्ष सत्रुधन साह र जसपाका नेता मनोज चौधरी सहितका वक्ताहरुले भने, ‘युवाहरुको कमिटी नभएको भए जनकपुरधामको धार्मिक इतिहास ठूलो हुने थिएन ।’ साँसद साहले भैरव स्थान र भैरवा युवा कमिटीका लागि आफूबाट हुने सबै सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् । भैरव स्थानका पुजारी विजय पाण्डेका अनुसार अन्य स्थानहरुमा ब्रहमस्थान डिहवार पुजा असार महिनामा हुने गरेको भएपनि धेरै नै पुरानो र एतिहाँसिक परिचय रहेको अष्ट भैरवको स्थान समेत रहेको भैरव स्थान र जनकपुरधामको डिहवार मन्दिरमा भने साउन महिनामा एकै दिन पुजा हुने गरेको छ । भैरवस्थानको जनकपुरधाममा एतिहाँसिक पहिचान रहेको उनले बताए ।

कमिटिको आयोजनामा अषाढी पुजाका साथै विजयादशमी र चैते दशैंमा समेत त्यहाँ भब्य पुजापाठ हुने गरेको छ । कार्यक्रममा समाजसेवी फुलगेन साह सहित यस्तै विभिन्न क्षेत्रमा सामाजिक, धार्मिक क्षेत्रमा योगदान पुर्याउँदै आएका व्यक्तिलाई दोसल्ला र सम्मानपत्रबाट सम्मानित गरेका छन् ।

तस्वीर : संजय साह