FOLLOW US
SP khabar
  • गृहपृष्ठ
  • राजनीति
  • मधेश प्रदेश
  • राष्ट्रिय
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • आर्थिक
  • अन्य
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • एसपी खबर तस्वीर
SP TV
  • गृहपृष्ठ
  • राजनीति
  • मधेश प्रदेश
  • राष्ट्रिय
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • आर्थिक
  • अन्य
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • एसपी खबर तस्वीर
SP TV
No Result
View All Result

तिन तहको सरकार छ तर प्रदेश २ को आठ जिल्लामा मात्र ९ भेन्टिलेटर

तिन तहको सरकार छ तर प्रदेश २ को आठ जिल्लामा मात्र ९ भेन्टिलेटर

एसपी रिपोर्टर
जनकपुरधाम, साउन १२ :
सास फेर्न गाह्रो भएपछि शनिबार जनकपुरधामस्थित प्रादेशिक अस्पताल भर्ना भएका शहीदनगर नगरपालिका ८ डुमरियाका ३८ वर्षका युवकको आइतबार मृत्यु भयो । चिकित्सकले उनलाई भेन्टिलेटरमा राखेर उपचार गर्नुपर्ने देखे पनि प्रादेशिक अस्पतालमा भएको २ वटा भेन्टिलेटर खाली नहुँदा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान रेफर गरियो ।

तर धरान नपुग्दै बाटोमै उनको मृत्यु भयो । गत वैशाखदेखि नै प्रदेश २ मा कोरोना संक्रमितको चाप बढेको छ, कोरोनाकै कारण १३ जनाको मृत्यु भइसकेको छ । आइतबारसम्म सबैभन्दा बढी पर्सामा ६ जना, बारा र रौतहटमा २र२ जना तथा महोत्तरी, धनुषा र सप्तरीमा १र१ जनाको कोरोना संक्रमण भएर मृत्यु भएको छ ।

आठ जिल्लामा नौ वटा भेन्टिलेटर

कोरोना संक्रमण भएका गम्भीर अवस्थाका बिरामीको उपचारका लागि भेन्टिलेटर र आईसीयू आवश्यक पर्छ । प्रदेश २ का आठ जिल्लामध्ये तीन जिल्लाको सरकारी अस्पतालमा मात्रै भेन्टिलेटर छ । वीरगञ्ज र जनकपुरका सरकारी अस्पतालमा मात्र आईसीयू छ ।

सबैभन्दा बढी ४ वटा भेन्टिलेटर सप्तरीको राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा छ । तर, यहाँ आईसीयू छैन । ‘आईसीयू नभएपछि भेन्टिलेटरको अर्थ पनि छैन’ प्रदेश स्वास्थ्य निर्देशनालयका सहनिर्देशक विजय झा भन्छन्, ‘आईसीयू र भेन्टिलेटर दुबै एकसाथ भए मात्र अक्सिजनको मात्रा कम देखिने बिरामीको उपचार गर्न सकिन्छ ।’

प्रदेशको अस्थायी राजधानी जनकपुरधाममा २ वटा मात्रै भेन्टिलेटर छ । प्रादेशिक अस्पतालको आईसीयूमा जडान गरिएको भेन्टिलेटर सधैं प्याक हुन्छ । सहनिर्देशक झा यहाँ कम्तीमा ५ वटा भेन्टिलेटर चाहिने बताउँछन् ।

त्यसबाहेक पर्साको वीरगंजस्थित नारायणी अस्पतालमा ३ वटा भेन्टिलेटर छ । सहनिर्देशक झाका अनुसार निजी क्षेत्रको वीरगञ्जस्थित नेशनल मेडिकल कलेजमा २५ वटा र जनकपुरधामस्थित जानकी मेडिकल कलेजमा ५ वटा भेन्टिलेटर छ । ‘निजी क्षेत्रको अन्य अस्पतालमा पनि यो होला’ उनी भन्छन्, ‘तर सरकारी अस्पतालमा कम्तीमा ५० वटा भेन्टिलेटरको आवश्यकता छ । ’

प्रदेश सरकारको निर्णय कार्यान्वयन भएन

प्रदेश २ को मन्त्रिपरिषदको ८ वैशाखमा बसेको बैठकले ५० वटा भेन्टिलेटर खरिद गर्ने निर्णय गरी बजेट पनि निकासा ग¥यो । प्रदेश सरकारले बारा, रौतहट, सर्लाही, महोत्तरी, सिरहा र सप्तरी गरी ६ जिल्लालाई ५र५ वटा र जनकपुरधाम तथा वीरगञ्जलाई १०र१० वटा उपलब्ध गराउने बताएको थियो ।

तर यो निर्णय अहिलेसम्म कार्यान्वयन भएको छैन । ११ असारमा सामाजिक विकास मन्त्रालयले ३० वटा भेन्टिलेटर खरिदका लागि टेण्डर आह्वान गरेको छ । सामाजिक विकास मन्त्री नवलकिशोर साहले टेण्डर आह्वान गरिए पनि दरखास्त नपरेकाले अरिख गर्न नसकिएको बताए । पुनः टेण्डर आह्वान गर्न लागिएको उनले जानकारी दिए ।

साभार : अनलाईन खवर

फेसबुकबाट तपाईको प्रतिक्रिया !

SP KHABAR

SP KHABAR

एसपी खवर मधेश प्रदेशबाट सम्प्रेशन हुने देशकै लोकप्रिय अनलाईन पत्रिका हुन ।

सम्बन्धित समाचार

मधेश सरकार मन्त्रालयको नाममा व्यापक हेरफेर, समाजिक विकासलाई स्वास्थ्य बनाइयो
एस.पी. खबर विशेष

मधेश सरकार मन्त्रालयको नाममा व्यापक हेरफेर, समाजिक विकासलाई स्वास्थ्य बनाइयो

6 hours ago
पालिकाका पदाधिकारीहरुलाई लैङ्गिकमैत्री निती र बजेट बारे अभिमुखिकरण
मधेश प्रदेश

पालिकाका पदाधिकारीहरुलाई लैङ्गिकमैत्री निती र बजेट बारे अभिमुखिकरण

6 hours ago
रंगशाला निर्माणको प्रचार प्रसारका लागि जनकपुरधाममा मेयर कप २०७९
एस.पी. खबर विशेष

रंगशाला निर्माणको प्रचार प्रसारका लागि जनकपुरधाममा मेयर कप २०७९

9 hours ago
गोलबजारका मेयर श्रेष्ठमाथि कालो मोविल छ्यापेको आरोपमा एकजना पक्राउ
अन्य

गोलबजारका मेयर श्रेष्ठमाथि कालो मोविल छ्यापेको आरोपमा एकजना पक्राउ

11 hours ago
धनुषाको रघुनाथपुरमा १२ दिवसीय धार्मिक नवाह परायणको शुभारम्भ, भव्य कशलयात्रा
एस.पी. खबर विशेष

धनुषाको रघुनाथपुरमा १२ दिवसीय धार्मिक नवाह परायणको शुभारम्भ, भव्य कशलयात्रा

1 day ago
बिद्यार्थी संगठनहरु द्वारा क्याम्पस लाइ २४ घन्टे अल्टिमेटम
अन्य

बिद्यार्थी संगठनहरु द्वारा क्याम्पस लाइ २४ घन्टे अल्टिमेटम

1 day ago
मधेश केन्द्रित साना ४ दलद्वारा लोकतान्त्रिक मधेशी मोर्चा गठन
एस.पी. खबर विशेष

मधेश केन्द्रित साना ४ दलद्वारा लोकतान्त्रिक मधेशी मोर्चा गठन

1 day ago
‘वर्ल्ड स्कुलको नेपाल टुर’ जनकपुरधाममा शैक्षिक कार्यक्रम गर्ने
मधेश प्रदेश

‘वर्ल्ड स्कुलको नेपाल टुर’ जनकपुरधाममा शैक्षिक कार्यक्रम गर्ने

1 day ago
नेपालमै पहिलो पटक चन्द्रनगरमा गाउँपालिकामै कृषि मिटर वितरण
आर्थिक

नेपालमै पहिलो पटक चन्द्रनगरमा गाउँपालिकामै कृषि मिटर वितरण

1 day ago
मधेशमा परीक्षाहरुलाई मर्यादित बनाउनुको विकल्प छैन : मन्त्री यादव
एस.पी. खबर विशेष

मधेशमा परीक्षाहरुलाई मर्यादित बनाउनुको विकल्प छैन : मन्त्री यादव

1 day ago

ताजा समाचार

मधेश सरकार मन्त्रालयको नाममा व्यापक हेरफेर, समाजिक विकासलाई स्वास्थ्य बनाइयो

पालिकाका पदाधिकारीहरुलाई लैङ्गिकमैत्री निती र बजेट बारे अभिमुखिकरण

रंगशाला निर्माणको प्रचार प्रसारका लागि जनकपुरधाममा मेयर कप २०७९

गोलबजारका मेयर श्रेष्ठमाथि कालो मोविल छ्यापेको आरोपमा एकजना पक्राउ

धनुषाको रघुनाथपुरमा १२ दिवसीय धार्मिक नवाह परायणको शुभारम्भ, भव्य कशलयात्रा

बिद्यार्थी संगठनहरु द्वारा क्याम्पस लाइ २४ घन्टे अल्टिमेटम

मधेश केन्द्रित साना ४ दलद्वारा लोकतान्त्रिक मधेशी मोर्चा गठन

स्पेशल मिडिया नेपाल प्रा.लि.
जनकपुरधाम, मधेश प्रदेश
9844126588
 [email protected]
सूचना विभाग दर्ता नं: ३१५०-२०७८/७९

प्रधान सम्पादक/सञ्चालक
पुरन साह
सम्पादक
दिपेन्द्र कुमार साह
संवाददाता
संजय कुमार साह
चाँदनी झा
पुष्पा यादव

Facebook Twitter Youtube Pinterest

© 2020 SP KHABAR || Powered By ProTech Media || Privacy Policy