एसपी रिपोर्टर
जनकपुरधाम, साउन १० : जनकपुरधाममा लकडाउनका बिच गरिव विपन्नका लागि निशुल्क भोजनको शिविर सञ्चालन गर्ने समाजसेवी उपर अभद्र व्यवहार तथा कुटपिट भएको छ । जनकपुरधाम उपमहानगरपालिका वडा नं. १ स्थित धर्मवान टोलमा सडक छेउमै दशकौं देखि बस्दै आएका दलितहरुको बासस्थान हटाउने प्रयास भएपनि स्थानिय समाजसेवी दिलिप साहले दलितको पक्षमा बोल्दा दिन दहाडै कुटिएका छन् ।
करिव ३० वर्ष देखि सडक छेउमै बस्दै आएका दलित, गरिव विपन्नहरुलाई बिना कुनै भरपर्दो व्यवस्थापन हटाउन खोजेपछि लकडाउनमा उनीहरुलाई खाना खुवाएका साहले के आधारमा हटाउने भनेर प्रश्न गरेको मात्र के थिए स्थानिय लव अधिकारी, लक्षमेश्वर यादव, ओम यादव, शंकर सिंह सहितका व्यक्तीहरु साहलाई तथानाम गाली, बेज्जती र कुटपिट गर्न थाले । एसपी सक्षात्कार कक्षमा आयोजित पत्रकार सम्मेलनमा उपस्थित कलशिया देवी सहनीले पिडित साह आफुहरुको सुख दुःख मा साथ दिने व्यक्ति रहेको र समाजसेवी रहेकाले बोलेकै भरमा कुटपिट गरिएको भिडियो समेत आफुहरुले खिचेको बताए ।
साह उपर भएको कुटपिटको दृश्य
स्थानिय जिवन सदाले भने, ‘दिलिप महाजनको घर पनि हाम्रो लाइनमै छ वहाँले दलितहरुको होइन मेरै घरवाट सुरु देखिनै घर हटाउन सुरु गर्नोस र हटाउने कारण केहो सवैलाई बताउनोस भन्दा धमाधम लखेटी लखेटी कुटेको बताए ।’ अन्य प्रत्यक्षदर्शी दलितहरुले समेत साह उपर अन्याय भएको भन्दै न्यायको मांग गरेका छन् । यस्तो समयमा नबोले कसैले कसैको लागि नबोल्ने उनीहरुको भनाई छ ।
प्रहरी न्याय दिन आनाकानी गर्दै
पिडित साह न्यायका लागि प्रहरीलाई गुहार गर्दा प्रहरी अनसुनी गरिरहेका छन् । साहका अनुसार निशुल्क भोजन शिविर चलाउने क्रममा एसपी र सिडिओको आनजान भइरहँदा चिनजान भएको भएपनि अहिले के कारणले सिडिओ एसपी उजुरी लिन र न्याय दिन हिचकिाइ रहेका छन् । सिडिओ साहेवले एसपी सावले गर्नु हुन्छ भन्ने गरेको र एसपी साहेव समान्य घटना हो भन्दा आफु जिल्ल परेको उनको भनाई छ । साहको पक्षमा रहेका दलित विपन्नहरुले साहलाई न्याय नदिए आफुहरु चुप भएर नबस्ने चेतावनी दिएका छन् । पत्रकार सम्मेलनमा उपस्थित सवैले एक स्वरमा न्यायको मांग गरेका छन् ।