एसपी रिपोर्टर
जनकपुरधाम, साउन ९ : धनुषाको धनुषाधाम नगरवासीहरु आन्दोलित बनेका छन् । अनावश्यक ठाँउमा बाँध बाँधिएपछि वस्तीहरु डुबानमा परेको भन्दै पिडित टोलवासीहरु नगरपालिकाको कार्यालय केन्द्रित आन्दोलन गर्न थालेका छन् । डुबानवाट प्रभावित सिकियाहा टोलका स्थानियहरु नगरपालिकाको कार्यालयमा तालाबन्दी गर्नुका साथै प्रदर्शन समेत गरेका हुन ।
घुस खाने उद्देश्यले बाँध आवयश्क नभएको ठाँउमै स्थानिय उपभोक्ता समितिसंग मिलेर बाँध निर्माण गरि रकमको चलखेल भएको र सो को कारण अहिले आफुहरु डुबानको समस्यामा परेको उनीहरुको तर्क छ । ‘जहाँ चाहिन्छ त्याहाँ छैन र तर जहाँ कुनै आवयश्कता नै छैन त्याहाँ बाँध निर्माण भएको छ’ एक प्रभावित स्थानियले गुनासो पोखेका छन् ।
धनुषाधाम नगरपालिकाका मेयर, उपमेयर, प्रमुख प्रशासनिक अधिकृत र लेखापाल मिलेर नै भ्रष्टाचारका विभिन्न कामहरु गर्ने गरेको उनीहरुको आरोप छ ।