एसपी रिपोर्टर
जनकपुरधाम, साउन ७ : मेलम्ची खानेपानीको मुहान निरीक्षणका क्रममा पानीले बगाएर मृत्यु भएको धनुषाका ई. सतिश गोइतको न्यायका लागि आज पनि युवाहरु प्रदर्शन गरेका छन् । उनीहरु विभागीय मन्त्री बिना मगरको राजिनामा र स्व.गोइतलाई शहिद घोषणा सहित पिडित परिवारलाई क्षतीपुर्तीको मांग गर्दै दैनिक प्रदर्शनमा छन् ।
आइतवार जनकपुरधामका युवाहरु कदमचौकमा प्रदर्शन गर्दै राज्यको लापरवाहीले मारिएकाले गोइतलाई न्याय दिन मांग गरेका छन् । जसपाका युवा नेता प्रशान्त झा, किसन साह सहितको सहभागितामा भएको प्रदर्शनमा गोइतलाई पानीको सतह बढदै गएकावेला सिनियर हुदाहुदै किन पठाइयो सहिता शंकाहरु व्यक्त गर्दै घटनाको छानविन समेत शहिद घोषणाको मांग गरेका हुन ।

ई. गोइत निरिक्षणको क्रममा गुणस्तरहीन काम भएकाले सुरुङको १७ नम्बर ढोका फुट्दा पानीको बेगले गाडी नै बगाएपछि उनको निधन भएको हो । एकाएक ड्याममा पानीको सतह बढ्न थालेपछि निरीक्षणका लागि सतीशकै नेतृत्वमा टोली पठाइएको थियो ।