एसपी रिपोर्टर
जनकपुरधाम, साउन ५ : चरम गरिबी र अभावमा बांच्दै आएका मुसहर लगायतका दलित मुस्लिम समुदाय पांच महिना देखिको लकडाउनले जीवन थप कष्टकर भए पनि कतैवाट कुनै राहत पाएका थिएनन । यस्तो अभाव र सरकारको उपेक्षाका बिच भोर संस्थाले महोत्तरीका १३५, सर्लाहीका ८६ र रौतहटका ३३ गरी कुल २५४ अति विपन्न परिवारलाई एकिकृत राहत प्याकेज प्रदान गरेको छ । मुसहर, चमार, दुसाध र मुस्लिम समुदायका २ सय ५४ अति विपन्न परिवारलाई भोरले उक्त राहत प्याकेज प्रदान गरेका हुन ।
डुआने बेरिएन क्लिफोर्ड जोन्स तथा ईन्दिरा आलेको आर्थिक सहयोगमा उक्त एकीकृत राहत प्याकेज भोरले प्रदान गरेको हो । भोरका अध्यक्ष पचुलाल माझी, कोषाध्यक्ष उमेश कुमार साह र सदस्य राजेश रामको संयोजन तथा व्यवस्थापनमा महोत्तरी जिल्लाको भंगहा गांउपालिका, जलेश्वर नगरपालिका, सर्लाही जिल्लाको धनकौल गांउपालिका, चन्द्रनगर गांउपालिका र रौतहट जिल्लाको परोहा नगरपालिकामा सो प्याकेज वितरण गरिएको हो ।
प्रति परिवार २५ किलो चामल, ५ किलो हरियो तरकारी, १ किलो दाल, १ लिटर खाने तेल, १ किलो आयोडिन नुन र ४ पिस साबुन उक्त एकिकृत राहत प्याकेजमा समावेश गरिएको छ । सर्लाही धनकौल निवासी मगनी माझीका अनुसार अधिकांश भारतमै रोकिएको छ, आए पनि महिनो दिन कोरेन्टाईन मै बस्नु परेको र असार महिनामा काम पाए पनि लकडाउनको कारण दिनभरी खेतमा काम गर्दा ३ किलो चामल मात्र दिने भएकोले भोकै बस्नु पर्ने बाध्यता छ । महोतरी भगहाको रामचन्द्र सदा राहत माँग्न जाँदा पालिकामा विवाद भएर कुटाई खानु परेको थियो, त्यही भएर राहतको आशा नै मरी सकेकोवेला भोरले सबै ९६ घरमै राहत पुरयाइ दियो ।
भोकै बसेका परिवारले राहत पाएको देख्दा सहयोगी हातलाई सन्तुष्टि हुन्छ भने घर र खेतबारीमा लगाएको समाग्री विक्री हुदाँ कृषक पनि खुशी हुन्छ र पहल गरी वितरण गर्दा भोकै बसेका परिवारले दुई छाक खानपाएको हेर्दा समाजिक अभियन्ता पनि सन्तुष्ट हुने गरेको भोरका अध्यक्ष पचुलाल माझी मुसहरले बताए ।