एसपी रिपोर्टर
जनकपुरधाम, साउन ५ : साउनमा हरियो सारी र सौह्र श्रृङ्गारमा सजिएकी मोडल पुष्पा यादव धेरै खुसी छिन् । साउन महिनाको वर्णन गर्दै साध्य छैन । झन यस वर्षको साउन अलिक पृथक नै छ । लकडाउनका कारण स–परिवार घरमै हुँदा हर्ष र खुसीको माहोल छ । करिव छ फिट अग्ली बलिउड नायिका शिल्पा शेट्टी जस्तै स्लिम जिउ डाल स्याहारेकी मोडल, कलाकर्मी र सञ्चारकर्मी पुष्पा यादवका लागि साउन धेरै नै पृथक महिना हो ।
अनेक थरिले साउन महिनाको वर्णन र विशेषण पोख्ने पुष्पासंग एसपी खवरले कुराकानी गर्दा उनले साउन महिनाको तस्वीर (फाटो सुट) समेत भ्यायसकेकी रहेछिन् । साउन महिनामा श्रृंगारलाई पनि महत्व दिइन्छ । साउनको पहिलो दिन अर्थात साउने संक्रान्तिमा तिउरी लगाउने गरिन्छ, जो श्रृंगारसँग सम्बन्धित छ । खासगरी नङ, हातलाई रंगीन बनाउने प्रचलन हो यो ।
श्रृंगारलाई महिलाकै सौन्दर्यको एउटा हिस्सा मानिन्छ । सदियौंदेखि श्रृंगारको खास ढाँचा र महत्व रहँदै आएको छ । श्रृंगार शब्दको प्रयोग सामन्यतः ब्रस्त्रभूषण आदिले शरीरलाई सु–सज्जित गराउने अर्थमा लिइन्छ । सोह्र श्रृंगार शरीरको स्वच्छतादेखि श्रृंगार एवं मुस्कान, शारीरिक हाउभाउको संयोजन मानिन्छ । यसमा मेहेन्दी, आभूषण, केस–विन्यासदेखि मुस्कानसम्म पर्छ ।
स्नान
श्रृंगारको सुरुवात स्नानपछि गर्नुपर्छ ।
बस्त्र
बिना वस्त्र सबै सौन्दर्य कान्तिहीन लाग्छ । प्रस्तर युगबाट शीत, ग्रीष्मबाट बच्न मानिसले रुखको बोक्रा, पशुको छालाले आफ्नो शरीर ढाक्ने गर्थे । कालन्तरमा सभ्यताको विकाससँगै बस्त्रमा अनेकन ढाँचा र बान्की देखापरे । यसरी बस्त्र सौन्दर्यकै मूख्य पाटोको रुपमा विकास भएको हो ।
हार
हार लगाउनुको अर्थ सुन्दर देखिनुका साथै स्वास्थ्यका लागि पनि हो । गला वा यसको नजिकमा यस्तो प्रेशर विन्दु हुन्छ, जसको केहि हिस्साबाट शरीरलाई लाभ प्राप्त हुन्छ ।
बिन्दी
टिका अर्थात बिन्दीलाई सौभाग्यको प्रतिक मानिन्छ ।
काजल
आँखालाई सुन्दर बनाउन एवं आँखाको सुरक्षा दुबै दृष्टिले काजल प्रयोग गरिन्छ ।
अधरंजन
ओंठ एवं अधरको सुन्दरता बढाउनका लागि त्यसमा केहि रंग प्रयोग गरिन्छ । प्राचिन कालमा फूलको रसबाट यो काम गरिन्थ्यो ।
नथ
नाकको सोभा बढाउनका लागि नाकमा छेडेर केहि प्रकारका नथ लगाइन्छ ।
केस सज्जा
केसमा सुगन्धित तेल लगाएर आकर्षक बान्कीका सजाइन्छ ।
कमरबन्ध
कमरको सौन्दर्यका लागि कमरबन्ध प्रयोग गरिन्छ । यसलाई सुन, चाँदी, हिरा, मोती जडान गरी विभिन्न आकारमा बनाइन्छ ।
चरणराग
खुट्टा वा हातको सौन्दर्य साथै छालाको सुरक्षाको लागि मेहेन्दी लगाउने परम्परा छ ।
गुणवती स्त्री
भनिन्छ, गुणवती स्त्रीलाई आभूषण अथावा श्रृंगारको आवश्यक्ता हुन्न । सुन्दर गुण नै उनको आभूषण हो । पवित्र, सुशील र चदाचारिणी स्त्रीलाई गुणवती मानिन्छ ।
स्त्रीको १२ आभूषण के हो ?
१. शील
२. लज्जा
३. मधुरवाणी
४. दृढाता
५. सरल स्वभाव
६. पतिव्रता
७. सन्तोष
८. शुहृदय
९. विनय
१०. क्षमा
११. हृदयको शुद्धता
१२. सेवाभाव
पुष्पा कला र मोडलिङ्ग वाहेक यस्ता केहि जानकारी समेत राख्छिन् । मानिश सवै गुणले परिपूर्ण हुन ज्ञान आर्जन गर्न आवयश्क रहेको उनको कथन छ । मधेशमा मोडलिङ्गमा विशेष दखल राख्ने पुष्पामा केहि गर्नुपर्छ भन्ने अठोट देखिन्छ । पुष्पा साउने सोमवारीमा रमिएकी छन् । सोमवारी ब्रत बस्दै दुई सोमवार शिव मिन्दर पुगेर उनले श्रद्धा र भक्तीमय साउन विताइरहेकी छन् ।
साउन महिना महिलाहरुको लागि श्रद्धा र भक्तीका साथै आफनो पहिरन, रुप र श्रृङ्गारमा समेत ध्यान दिने महिना हो जो परिवार र समाजका लागि समेत एक रमनिय दृश्य हुन्छ । शिवालयहरुमा लाग्ने भिड र देखिने हरिया रात रंगको सारी र श्रृङ्गारले पनि साउनलाई मनमोहन बनाएको हुन्छ । यस वर्ष कोरोना महामारी र संक्रमणको भयले लगाइएको लकडाउन सहितको नियमले प्रभावित हुदै केहि मध्यम रौनक देखिएको छ ।
यद्यपि श्रद्धा भक्तीलाई कुनै पनि परिधिले रोक्न सक्दैन । कतिपय शिवालयमा पुगेर त कतिपय घरमै पुजापाठ गरि साउन महिनामा भगवान शिवको पुजा आराधनामा सक्रिय छन् । सार्वजानिक स्थल वा मठ मन्दिरमा मध्यम भिडभाड देखिएपनि मन भित्रको श्रद्धामा कुनै कमी छैन । जनकपुरधाम र प्रदेश २ सहित देशै भरिका शिवालयहरुमा मठ मन्दिर भित्र प्रवेशमा केहि नियम कडा गरिएपनि मन्दिर वाहिर पनि पुजापाठ गर्ने क्रम बाक्लिदै गएको छ । काठमाण्डौं स्थित पशुपतीनाथ मन्दिर प्रवेश नखोलिए पनि वाहिर श्रद्धालुहरुको भिडभाड बढदै गएको समाचार माध्यमहरुमा देखिएको छ ।