पुरन रौनियार
जनकपुरधाम, साउन ३ : तिनलाख सम्म कृषि कर्मका लागि ऋृण लिएका किसानहरुको ब्याज प्रदेश सरकारले तिरिदिने भएपछि किसानमा हर्ष छ । कोरोना महामारीका कारण भएको लकडाउन प्रभावित किसानहरुलाई केहि राहतका लागि प्रदेश २ सरकारले कृषि कर्मका लागि लघुवित र सहकारी संस्थाहरुवाट ३ लाख सम्म ऋृण लिएका किसानहरु ब्याज तिरि रहेका छन् ।
प्रदेश २ सरकारका भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्री शैलेन्द्र प्रसाद साहले प्रदेश २ का आठवटै जिल्लाहरु मध्ये प्रभावितका रुपमा आवेदन दिएका कुल ८० हजार किसानहरु मध्ये पहिलो चरणमा ३६ करोड बजेट बिनियोजन गरि अनुमानित कुल ५० हजार किसानहरुको ब्याज प्रदेश सरकारले तिर्ने छ । धनुषामा शनिवार ६ हजार ७ सय ८१ किसानहरुको कुल रकम ३ करोड ५१ लाख बराबरको ब्याज प्रदेश सरकारले तिरेको छ । किसानहरुले ऋृण लिएका वितिय संस्थाहरुलाई नै सो रकम हस्तान्तरण गरिदै छ ।
त्यसै गरि अहिले सम्म महोतरीको ६ हजार ६ सय ३२ किसानहरुको कुल २ करोड, ५१ लाख, ४० हजार ४४ रुपैयाँ ६२ पैसा, सप्तरीको ४ हजार ८ सय १ किसानको ३ करोड ९ लाख, बाराको ९ हजार २ सय ३६ किसानको ३ करोड २५ लाख र पर्साको ४ हजार ६ सय ६५ किसानको २ करोड ९७ लाख बराबरको ब्याज प्रदेश सरकारले चुक्ता गरिदिएको छ ।
मन्त्री साहले भने, ‘प्रत्येक जिल्लामा करिव साढे चार करोडको दरले कुल ३६ करोड बजेट छुटयाइएको थियो जस मध्ये ७० प्रतिशत ब्याज अनुदान तर्फ र ३० प्रतिशत राहत तथा पुर्नस्थापना कार्यक्रम अन्तर्गत वालीनाल, तरकारी, कुखुरापालन तर्फ भएको क्षतीको नोक्सानी व्यहोर्नु पर्नेमा थियो तर प्राविधिक तयारी नपुगेकाले ३० प्रति राहत तथा पुर्नस्थापना तर्फको रकम खर्च हुने सम्भावना नरहे पछि पहिलो चरणमा हामी त्यै ७० प्रतिशत बजेटलाई सदुपयोग गरेका छौं ।’
मन्त्री साहको भनाई भिडियोमा
आवेदनको चाँपको आधारमा जिल्लाहरुमा सुरुमा ३ लाख सम्म ऋृण लिएकाहरुलाई प्राथमिकतामा राखेर ब्याज तिर्ने गरेको र रकम वाँकी रहेको खण्डमा पाँच लाख सम्मका लाई समेत समावेश गरि ब्याज तिर्ने काम भइरहेको मन्त्री साहको भनाई छ । उनले यस कार्यले किसानलाई केहि मात्र राहत भएपनि मधेशका किसानले सहादतको बलमा प्राप्त संघियता पश्चातको सरकारसंग धेरै अपेक्षा राखेकाले किसानको लागि पनि सरकार छ भन्ने उद्देश्यका लागि सुरुवातमा यो सानो कदम चालिएको बताए ।
ब्याज मिनाहाका लागि कृषि र्फाम सवै भन्दा बढी बारामा १९ हजार आवेदन परेको छ । जिल्ला समन्वय समिति धनुषाका प्रमुख रामदेव बनरैत यादवको अध्यक्षतामा भएको धनुषाको चेक वितरण कार्यक्रममा आन्तिरक मामिला तथा कानुन राज्यमन्त्री सरोज सिंह कुशवाहा, प्रदेश सांसदहरु परमेश्वर साह, रामअशिष यादव, सरस्वती चौधरी, चमेली देवी दास, सहकारी अभियानी ध्रुव नारायण यादव सहितकाले आ–आफनो धारणा राखेका थिए ।