एसपी रिपोर्टर
जनकपुरधाम, साउन ३ : पौरानिक काल देखिको सम्बन्धमा चिसोपन उत्पन्न भएको भन्दै विश्व हिन्दु परिषद नेपालले जनकपुरधाममा पनि प्रदर्शन गरेको छ । नेपालका प्रधानमन्त्री केपि शर्मा ओलीले भगवान श्री राम नेपाली रहेको आशयको अभिव्यक्ति दिएपछि परापुर्वकाल देखिको नेपाल भारत सम्बन्ध बिर्गन सक्ने भन्दै बिश्व हिन्दु परिषद नेपालले जनकपुरधाममा प्रदर्शन गरेको हो ।
जनकपुरधामको रामानन्दचौकवाट सुरु भएको प्रदर्शन जानकीचौक, जनकचौक, भानुचौक हुदै रेल्वेस्टेशन सम्म पुगेर कोणसभामा परिणत भएको थियो । प्रदर्शनकारीहरु जय श्री राम जय सियाराम, अयोध्याधाम जनकपुरधाम सम्बन्ध अमर रहे, जानकी मन्दिर जग्गा माथीको अतिक्रमण बन्द गरसहितका नारावाजी गरेका थिए । प्रदर्शनमा जनकपुरधामका युवा अगुवाह्रु, नागरिक समाजका अगुवाहरुको समेत सहभागिता थियो । प्रदर्शनमा बिश्व हिन्दु परिषद, बिश्व हिन्दु परिषद नेपाल सहित हिन्दुवादी पार्टीका प्रतिनिधीहरुको समेत सहभागिता देखियो ।