FOLLOW US
SP khabar
  • गृहपृष्ठ
  • राजनीति
  • मधेश प्रदेश
  • राष्ट्रिय
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • आर्थिक
  • अन्य
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • एसपी खबर तस्वीर
SP TV
  • गृहपृष्ठ
  • राजनीति
  • मधेश प्रदेश
  • राष्ट्रिय
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • आर्थिक
  • अन्य
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • एसपी खबर तस्वीर
SP TV
No Result
View All Result

जनकपुरधाममा युवाहरुद्वारा खानेपानी मन्त्री मगर विरुद्व प्रदर्शन र पुत्ला दहन (फोटो फिचर)

जनकपुरधाममा युवाहरुद्वारा खानेपानी मन्त्री मगर विरुद्व प्रदर्शन र पुत्ला दहन (फोटो फिचर)

एसपी रिपोर्टर
जनकपुरधाम, साउन २ :
मेलम्ची खानेपानी आयोजनाको सुरङ परीक्षणका क्रममा भएको दुर्घटनामा धनुषाका एक इन्जिनियर युवाको मृत्यु भएपछि यहाँका युवाहरु आक्रोसित भएका छन् । सरकारको लापरवाही र कमिसन तथा भ्रष्टाचारको लोभका हुने लापरवाहपुर्ण कामहरुका कारण यस्ता घटनाहरु ह्ुने गरेको भन्दै युवाहरु जनकपुरधाममा खानेपानी मन्त्री बिना मगरको पुत्ला दहन गरेका हुन ।

मेलम्ची निर्माण कमसल भएर २५ इन्जिनियर सतीश गोइतको ज्यान गएको भन्दै युवाहरूले मन्त्री मगरको राजीनामा माग गर्दै जनकपुरमा प्रदर्शन गरेका हुन् । मेलम्चीमा सुरुङ निरीक्षण गर्न पुगेका इन्जिनियर गोइत मंगलबार वेपत्ता भएका थिए । गोइतको शव बुधबार फेला परेको थियो ।

मेलम्ची खानेपानी आयोजनामा मन्त्री मगर स्वयं भ्रष्टाचारमा लिप्त रहेको कारण सुरुङ भासेर गोइत वेपत्ता भएको युवाहरूको दाबी छ । घटनामा इन्जिनियर गोइतको मृत्यु भइसकेपनि संघीय सरकारले हालसम्म केही नबोल्नु दुःखद् रहेको उनीहरूको भनाइ छ ।

राष्ट्रिय गौरवको मेलम्ची खानेपानी आयोजनामा कार्यरत इन्जिनियर गोइतलाई सहिद घोषणा, पीडित परिवारलाई क्षतिपूर्ति, घटनाको छानबिन गरी दोषीलाई कारबाही गर्न युवाहरूले माग गरेका छन्। गोइतलाई सहिद घोषणा तथा परिवारलाई उचित क्षतिपूर्ति उपलब्ध गराउन पहल गरिदिन उनीहरूले प्रदेश सरकारको समेत ध्यानाकर्षण गराएका छन् ।

मेलम्चीमा निधन भएका गोइतलाई न्याय दिलाउन आइतबार प्रदेश सरकार तथा जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र बुझाइने उनीहरूले जनाएका छन् । मेलम्ची घटनाका दोषीहरूलाई सरकारले कारबाही नगरे युवाहरूले सशक्त आन्दोलन गर्ने चेतावनी दिएका छन् ।

प्रदर्शनपछि भानु चोकमा नेपाल तरुण दल धनुषाका उपसभापति राकेश विक्रम साह, जनता समाजवादी पार्टीका युवा नेता नविन यादव, प्रशान्त झा, मनिष कर्ण, गौतम यादव, किसन साहलगायतका युवाहरूले सम्बोधन गरेका थिए ।

गाडी नदीमा खसेर धनुषाको कमला नगरपालिका ५ का इन्जिनियर सतिश गोइतको मृत्यू भएपछि उनको गाउँ मात्र नभई इन्जिनियर समाज नै शोकमा डुबेको छ । २५ वर्षको कलिलै उमेरमा दुर्घटनाका कारण ज्यान गुमाएका गोइतका आफन्त, गाँउवासीका साथै सहकर्मी साथी इन्जिनियरहरु समेत उनको निधनले मर्माहत भएका छन् । यस दुःखको घरिमा नेपाल इन्जिनियरर्स एशोसिएसन प्रदेश २ कमिटिले विहिवार जनकपुरधाममा दिप प्रज्वलन गरि स्व. सतिश प्रति श्रद्धाञ्जली अर्पण गरेको थियो ।

आयोजनाको सुरङ परीक्षणका क्रममा सुरुङको १७ नं. गेट फुट्दा मङ्गलबार दिउँसो गाडी नदीमा खसेर इन्जिनियर गोइतसहित दुई जना बेपत्ता भएका थिए । गोइतको शव बुधवार दिउँसो नै फेला परिसकेको छ । उनीसँगै वेपत्ता आयोजनामा कार्यरत अन्दाजी ५५ वर्षीय सवारी चालक राधाकृष्ण थापा मगरको अवस्था अझै अज्ञात नै छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया !

SP KHABAR

SP KHABAR

एसपी खवर मधेश प्रदेशबाट सम्प्रेशन हुने देशकै लोकप्रिय अनलाईन पत्रिका हुन ।

सम्बन्धित समाचार

मिथिला विहारीका स्वास्थ्यकर्मीले मात्र पाउदैनन तलव, १० दिन देखि काम छोडेर धर्नामा
एस.पी. खबर विशेष

मिथिला विहारीका स्वास्थ्यकर्मीले मात्र पाउदैनन तलव, १० दिन देखि काम छोडेर धर्नामा

2 hours ago
प्रकाशक महासंघद्वारा पत्रकारहरुका लागि तालिम
एस.पी. खबर विशेष

प्रकाशक महासंघद्वारा पत्रकारहरुका लागि तालिम

3 hours ago
प्रहरी गस्ती नजिकैबाट ट्रैक्टर चोरी
अन्य

प्रहरी गस्ती नजिकैबाट ट्रैक्टर चोरी

5 hours ago
विभिन्न घटनामा संलग्न १३ जना चोर पक्राउ , १६ मोटरसाइकल वरामद
अन्य

विभिन्न घटनामा संलग्न १३ जना चोर पक्राउ , १६ मोटरसाइकल वरामद

1 day ago
नागरिकता विद्ययेक प्रमाणिकरण, कांग्रेस जनकपुरधामद्वारा दिप प्रज्वलन
एस.पी. खबर विशेष

नागरिकता विद्ययेक प्रमाणिकरण, कांग्रेस जनकपुरधामद्वारा दिप प्रज्वलन

2 days ago
मैथिल ब्राहमण महासभाको सामूहिक उपनयन कार्यक्रम
अन्य

मैथिल ब्राहमण महासभाको सामूहिक उपनयन कार्यक्रम

2 days ago
गौशालाकी उपमेयर महतो भन्छिन ‘मेरो ज्यान जोखिममा छ ।’
एस.पी. खबर विशेष

गौशालाकी उपमेयर महतो भन्छिन ‘मेरो ज्यान जोखिममा छ ।’

2 days ago
हनुमत दरवार बौवा हनुमानको नयाँ मन्दिर निर्माणको शिलान्यास
एस.पी. खबर विशेष

हनुमत दरवार बौवा हनुमानको नयाँ मन्दिर निर्माणको शिलान्यास

2 days ago
शहिद नगरका मेयर यादवको जेष्ठ नागरिकलाई यो कस्तो सम्मान ?
एस.पी. खबर विशेष

शहिद नगरका मेयर यादवको जेष्ठ नागरिकलाई यो कस्तो सम्मान ?

2 days ago
मधेशमा कांग्रेसको नेतृत्वमा सरकार बन्नुपर्छ : विमलेन्द्र निधी
एस.पी. खबर विशेष

नागरिकता विद्ययेक प्रमाणिकरणको कांग्रेस नेता निधीद्वारा स्वागत

2 days ago

ताजा समाचार

मिथिला विहारीका स्वास्थ्यकर्मीले मात्र पाउदैनन तलव, १० दिन देखि काम छोडेर धर्नामा

प्रकाशक महासंघद्वारा पत्रकारहरुका लागि तालिम

प्रहरी गस्ती नजिकैबाट ट्रैक्टर चोरी

विभिन्न घटनामा संलग्न १३ जना चोर पक्राउ , १६ मोटरसाइकल वरामद

नागरिकता विद्ययेक प्रमाणिकरण, कांग्रेस जनकपुरधामद्वारा दिप प्रज्वलन

मैथिल ब्राहमण महासभाको सामूहिक उपनयन कार्यक्रम

गौशालाकी उपमेयर महतो भन्छिन ‘मेरो ज्यान जोखिममा छ ।’

स्पेशल मिडिया नेपाल प्रा.लि.
जनकपुरधाम, मधेश प्रदेश
9844126588
 [email protected]
सूचना विभाग दर्ता नं: ३१५०-२०७८/७९

प्रधान सम्पादक/सञ्चालक
पुरन साह
सम्पादक
दिपेन्द्र कुमार साह
संवाददाता
संजय कुमार साह
चाँदनी झा
पुष्पा यादव

Facebook Twitter Youtube Pinterest

© 2020 SP KHABAR || Powered By ProTech Media || Privacy Policy