पुरन रौनियार
जनकपुरधाम, असार ३० गते : प्रधानमन्त्री केपि शर्मा ओली भगवान श्री रामलाई नेपाली हुन भन्ने आशयको अभिव्यक्ति दिएपछि भारतमा तरंग उत्पनन हुनु स्वभाविक नै हो तर तर प्रधानमन्त्री ओलीको अभिव्यक्ति नेपालको जनकपुरधाममा पनि तरंग ल्याएको छ । भगवान श्री रामकी धर्मपत्नी सीताको माइती नेपालको जनकपुरधाममा ओलीको सो अभिव्यक्तिको चौतर्फी विरोध भइरहेको छ ।
सीताको माइती जनकपुरधाममा प्रधानमन्त्री ओलीको अभिव्यक्तिले तरंग ल्याउनु स्वभाविक हो । रामायणकालिन भगवान रामजानकीको विवाह र त्यहाँवाट सुरु भएको दुई देश र खासमा मिथिला र अवधको सम्बन्धलाई कुनै एक राजनितिज्ञको स्टन्टले केहि पनि नहुने जानकारहरु बताउछन् । यस विषयमा हामी कला संस्कृती साहित्यका ज्ञाता विद्वान डा. राजेन्द्र प्रसाद विमलसंग सोध्यौं, उहाँले हास्दै भने, ‘हि ईज इन्टरटेनर अल्सो’ । प्रधानमन्त्री केपि शर्मा ओली बोल्ने क्रममा चुटकिला र मजाक गर्ने मिजाजका पनि भएका हुनाले यसलाई त्यसरी नै लिनपर्ने उहाँको कथन छ ।
ह्ेर्नोस डा. विमलको तर्क
डा. विमलले नेपालको इतिहाँसमा यस्ता गतिविधी कहिल्यै समेत नभएको र नेपालको राजनितिले भारत र नेपालको सम्बन्धलाई कुनै असर समेत पार्न नसक्ने बताउछन् । यो राजनिति गरेर टुटने सम्बन्ध यदि कसैले सोचेको छ भने त्यो दिवा स्वप्न हुने उनको तर्क छ । भारत अयोध्याका भगवान श्री राम र नेपाली चेली माता जानकीकै सम्बन्धका कारण सदियौं देखि चल्दै आएको नेपाल भारतको रोटीबेटीको सम्बन्ध तोडन र मधेशलाई भारतको सम्बन्धवाट अलग गर्न प्रधानमन्त्री ओलीले षडयन्त्र तहत यस्तो अभिव्यक्ति दिएको सीताको बुवाको भुमिकामा समेत रहने गरेका जानकी मन्दिरका महन्थ रामतपेश्वर दास बैष्णवले आरोल लगाएका छन् ।
प्रधानमन्त्रीले बिना तथ्य यसरी जथाभावी बोल्दा देशको गरिमा समेत घटने उनीहरुको तर्क छ । नेपालकी सीता र भारतका रामको वैवाहिक सम्बन्धकै आस्थाका कारण भारत र नेपालको खास गरि तराई मधेशमा बेटीरोटीको सम्बन्ध स्थापित रहेको बताउदै जनकपुरधामवासीहरु मधेश विरोधी छाप बनाएका प्रधानमन्त्री ओली अव ति सम्बन्ध समेत बिर्गान लागि परको भन्दै यहाँ दुःख व्यक्त गर्न थालिएको छ ।
सुनचाँदी व्यवसायीहरु अमरनाथ गुप्ता, शंकर प्रसाद साह सहित यहाँका व्यवसायी, युवा, नागरिक समाज, बुद्धिजिवी समेत ओलीको पक्षमा देखिदैन । ओलीको कारण देश संकटमा पर्न सक्ने जिकिर स्थानिय को छ । प्रधानमन्त्री ओलीको अभिव्यक्तिले मधेश र त्यसमा पनि खासमा जनकपुरधामलाइै विशेष तरंगित गरेको छ । जनकपुरधाम आएर भारतिय प्रधानमन्त्री नरेन्द्र मोदीसंग मिलेर सम्बन्ध जोडन भन्दै जनकपुरधाम–अयोध्या बस सेवाको सञ्चालन आफनै हातले गरेका ओलीको अभिव्यक्ति यहाँ कसैको लागि पनि स्वीकार्य देखिदैन ।