एसपी रिपोर्टर
जनकपुरधाम, असार २७ : राष्ट्रिय युवा संघ नेपाल धनुषाका ओली पक्षका युवाहरुले विज्ञप्ती निकालेर प्रचण्ड नेपाल पक्षलाई सयंमता अपनाउन आग्रह गरेको छ । शुक्रवार ज्ञापन पत्रबुझाउदै प्रचण्ड र नेपाल पक्षका युवा र विद्यार्थीहरुले ओलीको समर्थनमा निकालेको मोटरसाइकल जुलुसको प्रतिवाद गरेको समाचार एसपी खवरले प्राथमिकताकासाथ प्रकाशित गरेको थियो ।
समाचारप्रति आफुहरुको गम्भिर ध्यानाकर्षण भएको भन्दै संघका सह–संयोजक राम उदगार यादवले युवा संघ नेपाल र वाइसिएलको एकता पश्चात संयोजक र सहसंयोजकको निर्णयले मात्र कुनै पनि औपचारिक काम हुने सहमती रहेपनि संयोजक सरोज यादवले आफुलाई बिना कुनै जानकारी ज्ञापन पत्र बुझाएको र पार्टीका नेताहरु प्रति अपशब्द र चेतावनीपुर्ण गलत शब्दहरु प्रयोग गरेको भन्दै त्यसो नर्गन सचेत गराएका छन् ।

विज्ञप्तीमा भनिएको छ, ‘ शुक्रवारको कार्यक्रम एउटा ग्रुपको नियोजित कार्यक्रम हो, संघको आधिकारिक कार्यक्रम होइन, कार्यक्रममा संलग्नहरुप्रति कडा कारवाही गर्न जिल्ला कमिटिसंग मांग गर्दछु ।’