पुरन रौनियार
जनकपुरधाम, असार २७ : मैथिली कला, संस्कृती, साहित्य र रचना सहितका विद्यामा योगदान पुरयाए वापत प्रत्येक वर्ष प्रदान गरिने नेपाल विद्यापति मैथिली पुरस्कार–२०७६ वाट यस वर्ष पनि पाँच श्रष्टाहरु पुरस्कृत भएका छन् ।
सवै भन्दा ठुलो २ लाख राशीको नेपाल विद्यापति मैथिली भाषा साहित्य पुरस्कारवाट धनुषाको सभ्य र अनुशासित गाँउ मानिने रघुनाथपुरका ८६ वर्षिय वयोबृद्व बिद्वान चन्द्र शेखर उपाध्याय पुरस्कृत भएका छन् । संस्कृत र साहित्यमा स्नातकोतर परीक्षोतीर्ण विशिष्ट शास्त्री (नेपाली) त्रि.वि उनले मैथिली भाषामा सुदामा चरित्र खण्ड काव्य तथा मिथिला संस्कृतिक सदाशयता शोध प्रबन्ध कृती सहितको रचना गरेका छन् । रघुनाथपुरमा वि.सं.१९९१ साल भाद्र ५ गते जन्मेका उपाध्याय नेपाली भाषी भएपनि मैथिलीमा अवल दखल राख्ने व्यक्तित्वको परिचय बनाएका छन् ।

त्यसैगरि १ लाख राशीको नेपाल विद्यापति मैथिली कला संस्कृति पुस्कारवाट धनुषा धनौजीका लक्ष्मण मण्डल पुरस्कृत भएका छन् । विभिन्न संघ संस्थाद्वारा आयोजित कार्यक्रममा मिथिला पेन्टिङ्ग प्रस्तुत गरेवापत उनलाई सो पुरस्कार प्रदान गरिएको छ ।

सप्तरी राजगढका ५१ वर्षिय दिनेश यादवलाई १ लाख राशीको नेपाल विद्यापति मैथिली अनुसन्धान पुरस्कार प्रदान गरिएको छ । नेपाल प्रज्ञा प्रतिष्ठानवाट प्रकाशित अनुसन्धानमुलक आलेख मैथिली भाषा आ साहित्य समस्या आ समाधानका लागि यादवलाई सो पुरस्कार प्रदान गरिएको हो ।

१ लाख राशीकै नेपाल मैथिली पाण्डुलिपि पुरस्कारवाट जनकपुरधामका चर्चित पत्रकार उपेन्द्र भगत नागवंशी पुरस्कृत भएका छन् । नेपाल पत्रकार महासंघ धनुषाका पुर्व कोषाध्यक्ष र सिमाञ्चल दैनिकका सम्पादक समेत रहेका कलाकर्मीको समेत पहिचान बनाएका ४७ वर्षिय नागवंशीलाई मैथिली पाण्डुलिपी लेखनमा विशेष योगदान दैहिक आधारशिलाका लागि पुरस्कार प्रदान गरिएको छ ।

र १ लाख राशाीकै पाँचौ पुरस्कारवाट पुरस्कृत हुने श्रष्टाहुन सुनसरी घर भई हाल बिराटनगर महानगरपालिका वडा नं. ५ बस्दै आएका शिवनारायण पंडित । उनलाई नेपाल विद्यापति मैथिली अनुवाद पुरस्कार प्रदान गरिएको छ । ५५ वर्षिय पंडितलाई मैथिली भाषा अनुवादमा कारी सुरुज नामक कृती अनुवादलाई विशेष योगदान भन्दै पुरस्कार प्रदान गरिएको छ ।

सवै श्रष्टाहरुलाई प्रदेश २ प्रमुख तिलक परियारले पुरस्कृत गरेका छन् । प्रमुख पजियारले राज्यले यि श्रष्टाहरुलाई बिर्सन नहुने बताए । बिद्यापति पुरस्कार कोषले २०६८ साल देखि प्रत्येक वर्ष यि पाँचवटै विद्यामा पुरस्कार प्रदान गर्दै आइरहेको कोषका सदस्य सचिव नविन कुमार मिश्रले बताए ।

कोषका अध्यक्ष डा. रामसागर पंडितको अध्यक्षता भएको कार्यक्रममा कोषका सदस्यहरु राज कुमार महासेठ, मंगला प्रधान र बलराम ठाकुरका साथै मधेशी आयोगका अध्यक्ष बिजय दत, नेकपाका नेता तथा पुर्वमन्त्री रामचन्द्र झा सहितको सहभागिता रहेको थियो । उनीहरुले समेत पुरस्कृत श्रष्टाहरुको विशेषता र योगदानको चर्चा परिचर्चा गरेका थिए ।
तस्वीर : संजय साह