एसपी रिपोर्टर
जनकपुरधाम, असार २६ : काठमाण्डौं केन्द्रित नेकपाको केन्द्रिय विवाद जिल्ला र पालिका स्तर सम्म फैलिदै गएको छ । गत बुधवार प्रधानमन्त्री केपि शर्मा ओलीको समर्थनमा जनकपुरधाममा मोटरसाइकल जुलुस निकालिएपछि प्रचण्ड–नेपाल समुह त्यस्ता गतिविधी नर्गन चेतावनी दिएका छन् । चेतावनी यहाँ सम्म कि पार्टीको निर्णय विपरितको नारा जुलुसहरु गरे पिटाइ खाने सम्मको धम्की दिइएको छ ।
राष्ट्रिय युवा संघ नेपाल धनुषाका संयोजक सरोज यादवले पार्टीको विधान विपरित नाराजुलुस र गुटबन्दी गर्ने लाई हातखुट्टा तोडने र घर घरमा पसेर कुटने चेतावनी दिइरहेका छन् । उनले विधान अनुसार चल्न समेत आग्रह गरेका छन् । उनले दिदै गरेको यस्तो चेतावनीको दृश्य एसपी खवरसंग सुरक्षित छ ।
शुक्रवार प्रचण्ड र नेपाल समुहका केहि नेताहरुलाई बोलाएर राष्ट्रिय युवा संघ नेपाल र अखिल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन धनुषाका युवाहरुले पार्टीको केन्द्रिय कार्यालयका लागि ज्ञापन पत्र बुझाउदै पार्टीको निर्णय बिना कुनै पनि जुलुस र प्रदर्शन नर्गन सवैलाई चेतावनी दिएका छन् । गत बुधवार प्रधानमन्त्री केपि शर्माओलीको समर्थनमा जनकपुरधाममा मोटरसाइकल जुलुस निकालिएपछिको यो परिणाम हो । पार्टीलाई बिना जानकारी चुपचाप नारा जुलुस गरिएको प्रति उनीहरुको आक्रोस छ ।
युनियन धनुषाका संयोजक आरपी यादवले समेत पार्टीको निर्णय विपरित हुनै पनि गतिविधी स्वीकार्य नहुने बताए । पार्टीको अधिनमा सवै रहनु पर्ने उनको तर्क छ । नेकपा धनुषा (तत्कालिन माओवादी केन्द्रको जिल्ला) कार्यालयमा ज्ञापनपत्र बुझाउन गएकावेला त्यहाँ अर्को आश्चर्य पनि देखियो । युवाहरुले कार्यालयमा बसेका पार्टी धनुषाका अध्यक्ष केपि ओली समुहका मानिने राज किशोर यादवलाई ज्ञापन पत्र बुझाउनुको सट्टा प्रचण्ड समुहका जिल्ला सचिव दिपक यादवलाई ज्ञापन पत्र बुझाए । जिल्ला अध्यक्ष कार्यक्रम स्थल कार्यालयको छतमाथी नआएर अटेरी गरेको र माथी नआएको भन्दै उनीहरुले सचिवलाई नै ज्ञापनपत्र बुझाए । एता अध्यक्ष यादवको आफनै तर्क छ । उनले विद्यार्थी र युवा नेताहरुले आफुलाई कार्यालय बोलाएर ज्ञापन पत्र लिएर नआएको गुनासो गरेका छन् ।
युवाहरुलाई नेता झाले सम्झाए पार्टीको विधान
त्यहाँ उपस्थित नेताहरु मध्ये युवाहरुलाई सम्बोधन गर्दै नेता रामचन्द्र झाले विधान नमान्ने जो कोहिलाई पनि लखेटन आवयश्क रहेको बताए । कहिल्यै पनि पार्टी नहाकेका ओली र जनयुद्वमा जस्तै आफनै कानुन र विधान बुझने प्रचण्डले पार्टीको नेतृत्व गर्न नसक्ने नेता झाको तर्क थियो ।
पार्टीको बिधान युवाहरुलाई सम्झाउदै नेता झाले मेरो कुरा नचले यस्तो गरिदिन्छु भन्नु तानाशाह रहेका भन्दै बहुमत पुग्ने पक्षकै पार्टी र चुनाव चिन्ह पनि हुने भएकाले बहुमतको पक्षमा लाग्न युवाहरुलाई आग्रह गरेका छन् । ‘म एमाले बिउँत्याछु भन्नु हुन्छ’, नेता झाले भने, ‘तर सुर्य चुनाव चिन्ह त पार्टीको बहुमत हुने पक्षले पाउने हो नी ?’ मेरो नामैले दुइ तिहाई आएको दम्भ र घमण्डका कारण समस्या भएको उनको टिप्पनी थियो ।
समुहको आक्रोस देख्दा नेकपा धनुषामा जुनसुकै बेला पनि विवाद हुन सक्ने छाँटकाट देखिन्छ । ओली समुह र प्रचण्ड नेपाल समुहको आ–आफनै गृहकार्य धनुषामा समेत बाक्लिदै गएको छ । कार्यक्रममा पुर्वमन्त्री यदुवंश झा, केन्द्रिय सदस्यहरु लाल गोइत, सुधिर साह सहित प्रचण्ड र नेपाल समुहका नेताहरुको सहभागिता रहेको थियो ।