एसपी रिपोर्टर
जनकपुरधाम, असार २६ :पार्टीले प्रधानमन्त्री बनाएपनि प्रधानमन्त्री र सरकार पार्टीको बेवास्ता गरेको भन्दै प्रचण्ड र नेपाल समुहका नेता कार्यक्रताहरु जनकपुरधाममा धर्ना दिदैछन् । तत्कालिन नेकपा एमालेको पार्टी कार्यालय र हालको नेकपा प्रदेश २ को कार्यालय छेउमै बाबा भुतनाथ मन्दिर पछाडि रहेको तत्कालिन नेकपा माओवादी केन्द्रको जिल्ला कार्यालयमा नेताहरु धर्नामा बस्न लागेका हुन ।

पार्टीको निर्णय र लाइन मान्दिन भन्दैन व्यक्तिगत रुपमा हावि भएर जथाभावी सरकार चलाउन लाग्दा देश र विदेशमा समेत बदनामी भइरहेकावेला पार्टीले जवाफ माग्दा उल्टै कारवाही गरेर देखाउनोस भनेर चुनौती दिने र जे पनि गर्न सक्छु भन्ने धाक धम्की प्रधानमन्त्री ओलीले विभिन्न सांकेतिक रुपमा दिन लागेकाले प्रचण्ड र नेपाल समुह पार्टी विधि र विधान अनुसार चल्नु पर्ने भन्दै धर्नामा बस्न लागेको एक नेताले बताए ।