एसपी रिपोर्टर
जनकपुरधाम, असार २३ : समाजवादी पार्टीले सरिता गिरीलाई पार्टीबाट निस्कासन गरेको छ । पार्टीको उक्त निर्णयपछि सांसद गिरी अब सांसद रहने छैनन् ।
पार्टी महासचिव रामसहायप्रसाद यादवको नेतत्वमा तीन सदस्यीय कार्यदलले गिरीलाई कारबाही गर्न सिफारिस गरेको थियो । लिम्पियाधुरा, कालापानी र लिपुलेक क्षेत्र समेटिएको नयाँ नक्साअनुसार निशान छाप परिर्वतन गर्न सरकारले ल्याएको संविधान संशोधन विधेयकमा गिरीले संशोधन प्रस्ताव दर्ता गराएकी थिइन् ।
पार्टीले संशोधन फिर्ता लिन र विधेयकको पक्षमा मतदान गर्न निर्देशन दिएपनि उनले अटेर गरेकी गर्दै आएकी थिइन् । भारतीय चेली र नेपाली बुहारीको रुपमा परिचित गिरी सरकारले लिम्पियाधुरा, कालापानी र लिपुलेक क्षेत्र समेटेर नक्सा सार्वजनिक गरेकोमा असन्तुष्ट थिइन् । उनी खस आर्य कोटावाट सांसद बनेकी थिइन । उनी सांसद नरहने भएपछि उनको ठाँउमा सिटौला थरकी एकजना नेतृ सांसद बन्ने स्रोतको दावी छ ।